शिवशिखर सहकारीको ठैबस्थित मार्ट लिलामीमा, न्यूनतम मूल्य १ करोड १५ लाख ७८ हजार

बिजमाण्डू
२०८१ असार २५ गते ०८:५३ | Jul 9, 2024
शिवशिखर सहकारीको ठैबस्थित मार्ट लिलामीमा, न्यूनतम मूल्य १ करोड १५ लाख ७८ हजार

काठमाडौं। समस्याग्रस्त घोषित शिवशिखर सहकारी संस्थाको ललितपुरको गोदावरी-१४ ठैबस्थित गार्डेन मार्ट लिलामीमा बिक्री गरिने भएको छ।

Tata
GBIME

समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै एक रोपनी २ आना जग्गामा रहेको मार्टको संरचना, भित्र भएका सामान तथा सहकारी संस्थाका फर्निचर, कम्प्युटर बिक्रीमा राखेको हो। न्यूनतम एकमुस्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ तोकिएको छ।

घरधनी, सहकारीका बचतकर्ता वा बाह्य इच्छुकले उल्लिखित रकमभन्दा कम नहुने गरि बढी बढाउमा सकार्न चाहेमा ७ दिनभित्र गोप्य सिलबन्दी निवेदन बुझाउन सक्ने सूचनामा उल्लेख छ।

सञ्चालक समितिले बचतकर्ताको पैसा हिनामिना गरेपछि उक्त सहकारी समस्याग्रस्त भएको हो। हिनामिना गर्नेहरुविरुद्ध मुद्दाको कारबाही चलिरहेको छ। बचतकर्ताको रकम फिर्ता गर्न सरकारले सहकारीको जायजेथा लिलामीको प्रक्रिया अगाडि बढाएको हो।