दोस्रो त्रैमासमा सामसङले १० खर्ब नाफा गर्ने प्रक्षेपण, एआई चीपको ‘स्काईरकेटिङ’ माग

बिजमाण्डू
२०८१ असार २४ गते १३:५४ | Jul 8, 2024
दोस्रो त्रैमासमा सामसङले १० खर्ब नाफा गर्ने प्रक्षेपण, एआई चीपको ‘स्काईरकेटिङ’ माग
Photo : Reuters

सामसङ इलेक्ट्रोनिक्सले सन् २०२४ को दोस्रो त्रैमासमा पोहोरको यस अवधिभन्दा १५ गुणा बढी नाफा कमाउने प्रक्षेपण गरेको छ।

Tata
GBIME

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को माग उच्च भएसँगै सामसङको नाफामा उच्च वृद्धि देखिएको हो। जसकारण दक्षिण कोरियाली टेक जायन्ट सामसङको सेयरको मूल्य पनि पछिल्लो समय बढिरहेको छ।

दोस्रो त्रैमासमा नाफा १०.४ त्रिलियन ओन (१० खर्ब ५ अर्ब रुपैयाँ बढी) पुग्ने कम्पनीको अनुमान छ। पोहोर सो अवधिमा सामसङले ६७० बिलियन ओन (त्यसबेला करिब ६० अर्ब रुपैयाँ) नाफा कमाएको थियो।

नाफाको आधिकारिक विवरण केही सातामा सार्वजनिक हुनेछ।

कम्पनीले डेटा सेन्टर र स्मार्टफोनको लागि एआई चीपको ‘स्काईरकेटिङ’ माग रहेको जनाएको छ।

सामसङले सन् २०२४ को पहिलो त्रैमासमा ६.६१ ट्रिलियन ओन (करिब ६ खर्ब ४० अर्ब) नाफा कमाएको थियो।

सेमीकन्डक्टर चिपको व्यापारले सामसङको नाफामा बढोत्तरी भएको हो। विश्वको अर्थतन्त्र मन्दीमा रहँदा चीपको व्यापार भने पछिल्लो समय बढेको छ।