हार्ड रक क्याफेको सिग्नेचर परिकार ‘द हिमालयन बर्गर’ विश्वकै उत्कृट पाँचमा पर्न सफल

बिजमाण्डू
२०८१ जेठ ३२ गते ११:०२ | Jun 14, 2024
हार्ड रक क्याफेको सिग्नेचर परिकार ‘द हिमालयन बर्गर’ विश्वकै उत्कृट पाँचमा पर्न सफल

काठमाडौं । हार्ड रक काठमाडौंको सिग्नेचर परिकार ‘द हिमालयन बर्गर’ विश्वकै पाँच उत्कृष्ट बर्गरमा पर्न सफल भएको छ।     

Tata
GBIME
NLIC

अनतर्राष्ट्रिय चेन रेष्टुरेण्ट हार्ड रक इन्टरनेश्नलले विश्वभर आफ्नो १५४ वटा आउटलेटमा सर्वेक्षण गरेको थियो। त्यसमा दरबारमार्गको शेर्पा मलमा संचालित हार्ड रक क्याफेको यो परिकार उत्कृष्ट ५ मा परेको हो।

उत्कृष्ट बर्गरको उपाधि पाएको ‘हिमालयन बर्गर’मा मुलुकको रैथाने सांस्कृतिक खाद्य सामाग्रीको प्रयोग गरिएको क्याफेले जनाएको छ। जसमा याक चिज, हिमाली जडिबुटी, सिग्नेचर स्पाइसेस सस, बन लगायत प्रयोग गरिएको छ।

‘विश्वभर हार्ड रक क्याफेमा गरिएको सर्वेक्षणका आधारमा हामीले तयार गरेको बर्गर उत्कृष्ट ५ मा पर्दा गौरव महसुस भएको छ,’ क्याफेक सहायक महाप्रबन्धक नारायण सुवेदीले भने,’हामीलाई आफ्नो कलिनरी क्षमता थप विस्तार गर्ने प्रोत्साहन मिलेको छ।’

हार्ड रक क्याफे काठमाडौंले शुक्रबारबाट ग्राहकलाई ‘हिमालयन बर्गर’ सँगै उत्कृष्ट ५ मा पर्न सफल बर्गर उपलब्ध गराउन पनि सुरु गरेको छ। जनाइएको छ।

हार्ड रक इन्टरनेश्नलले बर्गर प्रतिस्पर्धाको दोस्रो संस्करण आउँदो जुन १४ देखि सेप्टेम्बर २ तारिखसम्म आयोजना गर्ने योजना बनाएको छ।