विमान दुर्घटना भए कसरी गर्ने उद्धार? एयरपोर्टमा पूर्व अभ्यास गर्दाको दृश्य

प्रवीण रानाभाट
२०८१ जेठ २८ गते १५:०७ | Jun 10, 2024
विमान दुर्घटना भए कसरी गर्ने उद्धार? एयरपोर्टमा पूर्व अभ्यास गर्दाको दृश्य


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो आधा घण्टा हवाई उडान बन्द भयो। उडान रोकिएसँगै विमानस्थल परिसरमा आगोको धुवाँ देखिन थाल्यो र एम्बुलेन्स र वारुण यन्त्र आगो निभ्याउन कुद्न थाले।

Tata
GBIME
NLIC

दृश्य हो विमानस्थलमा आज गरिएको सुरक्षा र मेडिकल एवं उद्धारको पूर्व अभ्यासको।

नेपाल नागरिक उड्‍डयन प्राधिकरणले विमानस्थल संकटकालीन योजनाअन्तर्गत विमानस्थलमा हुनसक्ने जहाज दुर्घटनाको लागि ‘ड्रिल’ आयोजना गरेको हो।

यस क्रममा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँ देखिएको थियो। आगो निभ्याउन दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य कर्मचारफ खटिएका थिए।

विपदको बेला कसरी खट्ने भन्ने बारे उनीहरुलाई अभ्यास गराइएको थियो।

अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्यांकन गराउनु रहेको प्राधिकरणले जनाएको छ।

यस प्रकारको अभ्यासले सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि हुने र यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थल संचालन छिटो भन्दा छिटो गराउने सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।

ड्रिलपछि उडान पूर्ववत् रुपमा संचालनमा आएको छ।