
काठमाडौं। बाराही हस्पिटालिटीअन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंले नवौं तलामा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ संचालनमा ल्याएको छ।
‘लाउञ्ज एण्ड बार’मा रोजाइअनुसार इन्डोर र आउटडोर गरेर १०० जनासम्म ग्राहकले एकैपटकमा सेवा लिन सक्ने छन्। बारतर्फको लाउञ्ज सर्वसाधारणका लागि हरेक दिन दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ भने प्राइभेट लाउञ्जतर्फ बुकिङ अनुसार सेवा लिन सकिने बताइएको छ।
काठमाडौंको प्रिमियम लोकेसन त्यसैमाथि आफ्नै अगाडि नारायणहिटीको दृश्य देख्न पाइने भएकाले हाल बाराही काठमाडौं आकर्षणको केन्द्र बनेको छ।

चार तारे स्ट्याण्डर्डको यस होटलको सातौं तलामा इन्फिनिटी स्विमिङ पुल र रेष्टुरेन्ट रहेको छ। साथै होटल वातावरणमैत्री भएकाले प्लास्टिकलाई सकेसम्म कम प्रयोग गर्ने गरेको छ।
केशरमहलको अगाडि चोकैमा रहेको यस होटलको नवौं तलामा रहेको रुफटपबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ।
त्यस्तै, घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ।