एआईले सबैको जागिर खोस्नेछ, धेरै सोसल मिडिया बालबालिकाका लागि खराब : इलन मस्क

बिजमाण्डू
२०८१ जेठ ११ गते ०८:३३ | May 24, 2024
एआईले सबैको जागिर खोस्नेछ, धेरै सोसल मिडिया बालबालिकाका लागि खराब : इलन मस्क
Phoot : Linda Yaccarino / X


बिलिनियर इलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले जागिर खोस्ने बताएका छन्। बिहीबार आयोजित भिभाटेक २०२४ कन्फरेन्समा उनले जागिर खोसिने भए पनि त्यो नराम्रो भने नहुने बताएका हुन्।

Tata
GBIME
NLIC

‘सायद हामी मध्ये कसैसँग पनि जागिर हुने छैन,’ उनले भने।

मस्कले भविष्यमा जागिर ‘विकल्प’मात्रै रहने समेत त्यसक्रममा बताएका थिए।

‘यदि तपाईं सौख वा इच्छाको रुपमा मात्रै काम गर्न चाहनुहुन्छ भने तपाईं काम गर्न सक्नुहुन्छ। तर, एआई र रोबोटहरूले तपाईंले चाहेको कुनै पनि सामान र सेवाहरू प्रदान गर्नेछ,’ उनले भने।

उनले यो कार्य व्यवस्थाको लागि भने ‘युनिभर्सल हाइ इनकम’ चाहिने बताएका छन्। उनले यो युनिभर्सल बेसिक इनकम (युबीआई) भन्दा फरक हुनुपर्ने समेत बताएका छन्। तर त्यो कुन प्रणालीमा आधारित हुनुपर्छ भन्ने कुरा भने उनले खुलाएनन्। (जति कमाए पनि सबैलाई सरकारले निश्चित रकम दिनुलाई युबीआई भनिन्छ।)

‘सेवा र सामानहरुको अपर्याप्त हुनेछैनन्,’ उनले भने।

यद्यपि, एआई र रोबोटले धेरै काम गर्दा मानिसको पनि केही भूमिका रहिरहने उनको टिप्पणी थियो।

सोही कार्यक्रममा मस्कले अभिभावकहरुलाई आफ्नो सन्तानलाई सामाजिक संजाल चलाउने समय सीमित गर्न आग्रह पनि गरेका थिए।

‘म अभिभावकहरुलाई आफ्नो सन्तानलाई सामाजिक संजालको प्रयोग कम गराउन आग्रह गर्छु किनभने तिनीहरुले एआईको प्रयोग बढाउँदै डोपामाइनबाट प्रोग्राम्ड गरिएका हुन्छन्,’ उनले भने।

सामाजिक संजालको एआईहरुबीच डोपामाइन बढान प्रतिस्पर्धा रहेको उनको तर्क थियो। त्यसैले उनले एक्समा पनि धेरै सामाजिक संजाल बालबालिकाका लागि खराब रहेको उल्लेख गरेका छन्।