
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ।
बोर्डले मंगलबार सूचना प्रकाशित गर्दै एक जना कार्यकारी निर्देशक मागेको हो। योग्यता पुगेका उम्मेदवारहरुले २१ दिनभित्र आवेदन पेस गर्न सक्नेछन्।
खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक पदपूर्ति गर्न बोर्डले दरखास्त मागेको हो। सरकारको पूर्ण वा आंशिक लगानीमा स्थापना भएको सार्वजनिक संस्थान, निकाय वा कुनै कम्पनी तथा संस्थामा अधिकृत स्तर/व्यवस्थापकको हैसियतमा कम्पनीमा १० वर्ष योग्यता हासिल गरेकाहरुले आवेदन दिन सक्नेछन्।
त्यस्तै, ३० वर्षभन्दा माथि र ६० वर्षभन्दा कम उमेर हुनुपर्ने योग्यता तोकिएको छ।