BIZMANDU
www.bizmandu.com

राष्ट्रिय चिया तथा कफी बोर्डले माग्यो कार्यकारी निर्देशक, २१ दिनभित्र दरखास्त आह्वान

२०८१ जेठ ८

राष्ट्रिय चिया तथा कफी बोर्डले माग्यो कार्यकारी निर्देशक, २१ दिनभित्र दरखास्त आह्वान
राष्ट्रिय चिया तथा कफी बोर्डले माग्यो कार्यकारी निर्देशक, २१ दिनभित्र दरखास्त आह्वान

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ।

Tata
GBIME
Nepal Life

बोर्डले मंगलबार सूचना प्रकाशित गर्दै एक जना कार्यकारी निर्देशक मागेको हो। योग्यता पुगेका उम्मेदवारहरुले २१ दिनभित्र आवेदन पेस गर्न सक्नेछन्।

खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक पदपूर्ति गर्न बोर्डले दरखास्त मागेको हो। सरकारको पूर्ण वा आंशिक लगानीमा स्थापना भएको सार्वजनिक संस्थान, निकाय वा कुनै कम्पनी तथा संस्थामा अधिकृत स्तर/व्यवस्थापकको हैसियतमा कम्पनीमा १० वर्ष योग्यता हासिल गरेकाहरुले आवेदन दिन सक्नेछन्।

त्यस्तै, ३० वर्षभन्दा माथि र ६० वर्षभन्दा कम उमेर हुनुपर्ने योग्यता तोकिएको छ।