हल्याण्डको दोहोरो गोलमा टोटेनहमलाई हराउँदै सिटी शीर्षस्थानमा, इतिहास रच्न कति टाढा?

बिजमाण्डू
२०८१ जेठ २ गते ०७:२२ | May 15, 2024
हल्याण्डको दोहोरो गोलमा टोटेनहमलाई हराउँदै सिटी शीर्षस्थानमा, इतिहास रच्न कति टाढा?
तस्बिर: म्यानचेस्टर सिटी

म्यानचेस्ट सिटी इङ्ग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ। गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरलाई हराएसँगै सिटी लिग उपाधि नजिक पुगेको हो।

Tata
GBIME

गएराति टोटेनहम हट्स्पर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीलाई सिटीले २-० गोल अन्तरले हरायो। सिटीको जितमा दुबै गोल अर्लिङ हल्याण्डले गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५१ औँ मिनेटमा हल्याण्डले केभिन डी ब्रुइनाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै थपे।

योसँगै एक खेल खेल्न बाँकी छँदा सिटी शीर्षस्थानमा उक्लँदै उपाधिको नजिक पुगेको छ। सिटीले ३७ खेलबाट ८८ अंक बटुल्दा दोस्रो स्थानको आर्सनलको समान खेलबाट ८६ अंक छ। सिटीको अर्को खेल वेस्टहमसँग छ भने आर्सनलको एभर्टनसँग छ। अर्को खेलमा आर्सनलले हार ब्यहोरे या बराबरी खेले सिटी सिधै च्याम्पियन बन्ने छ। आर्सनल च्याम्पियन बन्न उसले अर्को खेल जितेर सिटीले हार ब्यहोर्नु या बराबरीमा रोकिनु पर्नेछ। च्याम्पियन बनेको खण्डमा सिटीले लगातार चौथो प्रिमियर लिगको उपाधि जित्नेछ भने यो उसको पछिल्लो १० वर्षमा लिग सातौँ उपाधि हुनेछ।