
काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम५५ फाइभ जी ‘लन्च’ गरेको छ। लिडिङ सुपर एमोलेड प्लस डिस्प्ले र पावरफुल प्रोसेसरका साथ स्टाइलिश डिजाइन रहेको एम५५ फाइभजीको नेपाली बजारमा दुईवटा भर्सन उपलब्ध हुनेछन्।
ग्यालेक्सी एम५५ फाइभजीको ८/२५६ जीबी भर्सनको मुल्य ४८ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबीको ५३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ। यो दुवै मोबाइलहरु सामसङ इन्स्टा फाइनान्स सेवाबाट पनि खरिद गर्न सकिनेछ।
आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइनमा बनेको यी मोबाइल फोनहरु बजारमा हल्का हरियो र डेनिम ब्ल्याक गरि दुई रंगहरूमा उपलब्ध छन्।
मोबाइल फोनमा फोरएनएममा आधारित क्वालकम स्न्यापड्रयागन सेभन जेन १ प्रोसेसर रहेको छ। ५० एमपी क्यामेरा भएको यसमा ५ हजार एमएएचको ब्याट्री छ।