सोल्टी होटलको सेवाले कतारका राजा ‘इम्प्रेस’, भने- नेपाली हस्पिटालिटी उत्कृष्ट

उन्नत सापकोटा
२०८१ बैशाख १२ गते २०:१५ | Apr 24, 2024
सोल्टी होटलको सेवाले कतारका राजा ‘इम्प्रेस’, भने-  नेपाली हस्पिटालिटी उत्कृष्ट
कतारका राजा थानीलाई बिदाई गर्दै सोल्टी होटलका कार्यकारी अध्यक्ष दिनेशबहादुर विष्ट

काठमाडौं। कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न मंगलबार अपराह्‍न राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे।

Tata
GBIME
Nepal Life

उनको स्वागतलाई सरकारले उच्च प्राथमिकता दिएका कारण सोल्टी होटलको व्यवस्थापनले केही दबाब अनुभव गरेको थियो। किनभने कतारी अमिरका लागि बास बस्ने व्यवस्था सोल्टीमै मिलाइएको थियो। तर, होटल व्यवस्थापनले कुनै कमजोरी हुन दिएन।

होटलका कार्यकारी अध्यक्ष दिनेशबहादुर विष्ट, उपाध्यक्ष सुदर्शन चापागाईं र महाप्रबन्धक ऋण चोपडा स्वागतमा खटिए।

कतारका राजा थानीलाई बिदाई गर्दै सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं

थानीले मंगलबारको रात बिताउनेदेखि उनको सम्मानमा राष्ट्रपति पौडेलले राखेको रात्रिभोजको थलो तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग थानीको भेटवार्ताको थलो पनि सोल्टी नै थियो। होटलले कुनै कमी हुन दिएन।

राजा थानी होटलको प्रेसिडेन्सियल सुइटमा बसे। जसको नाम ‘एभरेष्ट सुइट’ हो। यो कोठाको आकार ४ हजार वर्गफिटभन्दा बढी छ। कोठामा खुला टेरेस, जिम, सेक्युरिटी कोठा उपलब्ध छ।

कतारका राजा थानी बसेको सोल्टी होटलको एभरेष्ट सुइट

‘एभरेष्ट सुइट’ लागि डेडिकेटेड एक्सक्लुसिभ एलिभेटर जडान गरिएको छ। राजा थानीलाई आफ्ना निकटका पाहुनालाई प्राइभेट पार्टी आयोजना गर्न सहज होस भनेर होटलले छुट्टै ढोकासहितको ग्यादरिङ स्पेस उपलब्ध गरायो।

‘एभरेष्ट सुइट’ स्टिम, जकुजी, मसाज कोठासमेत उपलब्ध छन्। जहाँ होटलले अन्तर्राष्ट्रियस्तरकै सुविधा उपलब्ध गराउँदै आएको छ। कतारी राजालाई आवश्यक पर्ने सबै सुविधा होटलले अन्तर्राष्ट्रियस्तरको उपलब्ध गरायो।

कतारका राजा थानी बसेको सोल्टी होटलको एभरेष्ट सुइट

होटलमा रहेका प्रेसिडेन्सियल सुइटलाई आधुनिकरुपमा वर्ल्डक्लास ढंगले निर्माण गरिएको छ।

कतारी राजासँग आएका प्रतिनिधिहरुले होटलका १५० भन्दा बढी कोठा भरिएका थिए। होटलले सोही हाराहारीमा प्रि प्लेटेड डिनर ‘स्टेट बैंक्वेट’ सर्भ गर्‍यो। स्टेट बैंक्वेट राष्ट्रले होस्ट गर्ने भएकाले सबैलाई उपयुक्त हुने निर्धारित कुजिन ‘फिक्स्ड मेन्यू’ छान्ने गरिन्छ। जसमा ६ कोर्स मेन्यू थियो।

बुधबार बिहान थानीसँग वन टु वान र प्रतिनिधिमण्डलस्तरमा प्रधानमन्त्री दाहालको वार्ता पनि सोल्टीमै भयो। होटलले कतारका राजा थानीको नेपाल बसाई सफलतापूर्वक व्यवस्थापन गर्‍यो।

थानी नेपाल आउने कतारका पहिलो राजा हुन्। उनी कतारबाट सिधै आएका थिएनन्। फिलिपिन्स र बंगलादेश हुँदै काठमाडौं आएका हुन्। तर उनलाई सोल्टी होटलको हस्पिटालिटीले मोहित पार्‍यो। उनले सोल्टीको सेवा, पूर्वाधार र हस्पिटालिटी मन परेको बताएका छन्।

फिलिपिन्समा उनी ‘सांग्रिला होटल’ र बंगलादेशमा ‘ले मेरिडियन ढाका होटल’मा बसेका थिए। राजा थानीसँगै उनीसँग आएका प्रतिनिधिले पनि सोल्टी होटलले दिएको सेवा, उसको पूर्वाधार र हस्पिटालिटी उत्कृष्ट रहेको प्रतिक्रिया दिएका हुन्। यस्तो प्रशंसा पाउँदा सोल्टीका कार्यकारी अध्यक्ष विष्ट, उपाध्यक्ष चापागाइँ, महाप्रबन्धक चोपडा खुशीले गद्‍गद्‍ भए।

कतारका राजा थानी बसेको एभरेष्ट सुइट

उनीहरुले कतारी राजालाई बुधबार प्रधानमन्त्री दाहालसँगको द्विपक्षीय वार्तापछि प्रफुल्ल हुँदै बिदाई गरे।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च ‍ओहदाका पाहुना सोल्टी होटलमै बास बसेका थिए।

विश्वका शक्तिशाली व्यक्तिहरुको सुरक्षालाई सोल्टी होटलले विशेषरुपमा ध्यान पुर्‍याउँदै आएकाले ती व्यक्तिहरुको रोजाइमा होटल पर्ने गरेको छ। होटल जुनसुकै राष्ट्रका प्रभावशाली व्यक्तिलाई हस्पिटालिटी, लक्जरी दिन सधैं तत्पर हुँदै आएको छ।

पछिल्लो समय पुनर्निर्माणसँगै सेवा विस्तार भएपछि होटल अझै चुस्त भएको छ।

२०७५ भदौमा काठमाडौंमा आयोजना गरिएको बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी राष्ट्र प्रमुखसमेत सोल्टी होटलमै बसेका थिए। सार्कका देशका प्रमुखका साथै संयुक्त राष्ट्रसंघका महासचिवसमेत नेपाल आउँदा सोल्टी होटलमै बसेका थिए।

५७ वर्षदेखि सञ्चालित सोल्टी नेपालकै प्रिमियम पाँचतारे होटलका रुपमा परिचित छ।