हिउँदे अधिवेशनको अन्तिम बैठक पनि अवरोधमै सकियो

प्रवीण रानाभाट
२०८१ बैशाख २ गते १२:४५ | Apr 14, 2024
हिउँदे अधिवेशनको अन्तिम बैठक पनि अवरोधमै सकियो

काठमाडौं । आजबाट हिउँदे अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आइतवार रातिदेखि अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन्।

Tata
GBIME

संघीय संसद्को हिउँदे अधिवेशनको अन्तिम बैठक आज प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण संचालन हुन सकेन।

गृहमन्त्री रवि लामिछाने सहकारीको पैसा हिनामिनामा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेर संसद अवरुद्ध गर्दै आएको छ। त्यो क्रमले आज पनि निरन्तरता पायो। कांग्रेसको मागलाई पछिल्लो समय राप्रपाले पनि साथ दिएको छ।