
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा नेपाल ल्याइएको चैत महिनामा ५ करोड रुपैयाँ भन्दा बढीको सामाग्री बरामद गरेको छ।
चैत १ गतेदेखि ३० गतेसम्म पर्साका विभिन्न स्थानबाट पाँच करोड ८७ लाख ३६ हजार ७९९ रुपैयाँ बराबरको सामाग्री बरादम गरेको हो।
प्रहरीले लत्ताकपडाहरु १ करोड २३ लाख ४६ हजार ४९१ रुपैयाँ बराबरको एक महिनामा नियन्त्रणमा लिएको जनाएको छ। यस्तै सवारी साधन तथा पार्टपुर्जा १ करोड १० लाख ८७ हजार ७१० रुपैयाँको बरामद भएको छ।
एक महिनामा २ करोड १० लाख ७८ हजार ६८१ रुपैयाँको विद्युतीय सामाग्री बरामद हुँदा किराना तथा खाद्यान्न मालवस्तुहरू १ करोड ४२ लाख २३ हजार ९१७ रुपैयाँको बरामद गरेको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीले थप अनुसन्धानका लागी ती सामाग्रीहरु राजस्व अनुसन्धान पथलैया बारा र वीरगंज भन्सार कार्यालयमा दाखिल गरिसकेको जनाएको छ।