सिप्रदीको ‘नयाँ वर्ष नयाँ कार’ योजना, जुनसुकै ब्राण्डको गाडी एक्सचेन्जमा आकर्षक बोनस

बिजमाण्डू
२०८० चैत्र २८ गते १२:१९ | Apr 10, 2024
सिप्रदीको ‘नयाँ वर्ष नयाँ कार’ योजना, जुनसुकै ब्राण्डको गाडी एक्सचेन्जमा आकर्षक बोनस

काठमाडौं ।  टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँवर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार २०८१’ योजना सार्वजनिक गरेको छ।

Tata
GBIME

नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन इभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको अटोप्लस इन्स्योरेन्स,  एक वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर नि:शुल्कप्राप्त गर्न सक्ने जनाइएको छ।

यो योजना सीमित अवधिका लागि टाटा मोटर्सको नेपालभर रहेका शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ।