
काठमाडौं। जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त मर्जरमा जाने भएका छन्।
दुई संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको छ। दुई संस्थाले गत आइतबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन्।
जाल्पा सामुदायिक लघुवित्तको मुख्य कार्यालय बुटवल र किसान लघुवित्तको कैलाली लम्कीचुहामा छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जाल्पा सामुदायिकको चुक्ता पुँजी १८ करोड २८ लाख र किसानको ५० करोड ४३ लाख रुपैयाँ छ। जगेडा कोषमा जाल्पाको २६ करोड ९६ लाख रुपैयाँ हुँदा किसानको १३ करोड २९ लाख रुपैयाँ छ।