‘तिथिमिति डट कम’ बाट नेपाल सम्वतमा मिति रुपान्तरण गर्न सकिने, सरकारलाई गरियो हस्तान्तरण

बिजमाण्डू
२०८० चैत्र १२ गते १८:३४ | Mar 25, 2024
‘तिथिमिति डट कम’ बाट नेपाल सम्वतमा मिति रुपान्तरण गर्न सकिने, सरकारलाई गरियो हस्तान्तरण

काठमाडौं । राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सफ्टवेयर र एप हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वतको गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘नेपाल सम्वत्लाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वनमा जान्छ।’

सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल सम्वत्, विक्रम सम्वत् र इस्वी सम्वत् प्रयोग गर्न सकिनेछ। यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए।

उनले यो सफ्टवेयरबाट नेपाल सम्वतसँगै विक्रम सम्वत् र इस्वी सम्वत्को सयौँ वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवम् तिथी हेर्न सकिने बताए।

प्रचण्ड सकारले नेपाल सम्वत्लाई अनिवार्यरुपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको अवस्थामा भइसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ।