मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पहिलो साधारणसभा, ६ जना सञ्चालक चयन हुने

बिजमाण्डू
२०८० फागुन १७ गते ०९:०९ | Feb 29, 2024
मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पहिलो साधारणसभा, ६ जना सञ्चालक चयन हुने


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले मेगालाई गाभेपछिको यो पहिलो वार्षिक साधारणसभा हो।

Tata
GBIME
NLIC

३७औं सभा चैत २० गते काठमाडौंमा हुने छ। यसपालीको सभामा नियमित एजेण्डाका साथै सञ्चालक समिति चयनको विषय छ।

यसपाली बैंकले लाभांश प्रस्ताव गरेको छैन। त्यसैले गत वर्षको वित्तीय विवरण मात्र पारित गरिने छ।

तर सञ्चालक चयन भने गरिने छ। संस्थापक समूहबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक चयन गरिने छ।

बैंकको सभामा भाग लिनका लगि फागुन ३० गतेसम्म बैंकको सेयरधनी भइसक्नु पर्ने छ।