हिमालयन लाइफले झापाबाट थाल्यो बीमा जागरण, सबै जिल्लामा अभियान चलाउने



बिजमाण्डू
२०८० फागुन ५ गते १०:१३ | Feb 17, 2024
हिमालयन लाइफले झापाबाट थाल्यो बीमा जागरण, सबै जिल्लामा अभियान चलाउने


काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले झापाबाट बीमा जागरण अभियान थालेको छ। बिर्तामोडमा शुक्रबार कार्यक्रम आयोजना गर्दै औपचारिक सुरुवात गरेको हो।

Tata
GBIME

कार्यक्रमको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण र बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले संयुक्तरूपमा सुरुवात गरे।

कार्यकारी निर्देशक पौडेलले बीमा जागरणको अभियानलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन आवश्यक रहेकाले बीमा कम्पनीहरुले बीमा जागरणको अभियानलाई गाउँ-गाउँसम्म लैजानुपर्ने बताए।

कार्यक्रममा बिर्तामोड नगरका उपप्रमुख संग्रौलाले बीमाप्रतिको विश्वास अभिवृद्धि गर्नको लागि कम्पनीले गरेको कामको प्रशंसा गर्दै सर्वसाधारणलाई बीमाको दायरामा समेट्न आवश्यक रहेको बताए।

यस्तै प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा क्षेत्रको विश्वसनीयता वृद्धि गर्न सबै सक्रिय हुनुपर्ने बताए।

कम्पनीका प्रमुख कार्यक्रारी अधिकृत मनोजकुमार लाल कर्णले सर्वसाधारणलाई बीमाको दायरामा समेट्न ७७ वटै जिल्लामा कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिए। मुलुकमा सबैलाई बीमाको पहुँचमा ल्याउन सकिएमा आर्थिक विकासमा सघाउ पुगेर गरिबी निवारणमा मद्दत हुने भनाइ उनले राखे।

कार्यक्रममा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, चेम्बर अफ कमर्स बिर्तामोडका अध्यक्ष ओमप्रसाद बिमली, उद्योग वाणिज्य संघ बुद्धशान्ति नगर अध्यक्ष चन्द्र उप्रेती लगायतले कम्पनीले गरेको कार्यक्रम प्रभावकारी रहेको बताए।

कार्यक्रममा बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालयका प्रमुख विनोद पोखरेल, विभिन्न संघसंस्था, सहकारी, टोल विकास संस्थाका प्रतिनिधिसँगै सर्वसाधारणको उपस्थिति थियो। बीमा जागरण अभियान  ७७ वटै जिल्लामा चलाएर बीमामा पहुँच बढाउने कम्पनीले जनाएको छ।