शिखर इन्स्योरेन्सको खुद नाफा १९.१७% बढ्यो, प्रति सेयर आम्दानी १८.९२ रुपैयाँ

बिजमाण्डू
२०८० माघ २९ गते १२:५३ | Feb 12, 2024
शिखर इन्स्योरेन्सको खुद नाफा १९.१७% बढ्यो, प्रति सेयर आम्दानी १८.९२ रुपैयाँ

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले खुद नाफा बढाएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Tata
GBIME
NLIC

यो पोहोर ६ महिनाको तुलनामा १९.१७ प्रतिशत धेरै हो। कम्पनीले पोहोर ६ महिनामा २१ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा कम्पनीले ५५ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले पोहोर दोस्रो त्रैमासको तुलनामा खुद बीमा शुल्क आर्जन ८.०३ प्रतिशतले बढाएको हो। उसले गत वर्ष ६ महिनामा ५१ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो।

चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको शिखर इन्स्योरेन्सको प्रति सेयर आम्दानी १८.९२ रुपैयाँ तथा प्रति सेयर नेटवर्थ १९९.१५ रुपैयाँ छ।