भक्तपुरमा माधव नारायण : सडकमा घस्रिंदै पल्टिँदै व्रतालुले गरे नगर परिक्रमा

बिजमाण्डू
२०८० माघ २६ गते १६:१० | Feb 9, 2024
भक्तपुरमा माधव नारायण : सडकमा घस्रिंदै पल्टिँदै व्रतालुले गरे नगर परिक्रमा

काठमाडौं  । माधव नारायणलाई आज हनुमानघाटबाट भक्तपुरको पुरानो बस्ती परिक्रमा गराइएको छ।

Tata
GBIME

माधवनारायणसँगै भक्तपुरको कोर बस्तीमा आज माधवनारायणका व्रतालुहरुले पनि नगर क्षेत्र परिक्रमा गरेका छन्। यो समयमा व्रतालुहरुले माधव नारायणलाई परिक्रमा गराउने बाटोमा घस्रिंदै, पल्टिँदै नगर घुम्ने गर्छन्।

यसैक्रममा भक्तपुरको टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै सडकमा पल्टिँदै व्रतालुहरु हनुमानघाट पुगेका थिए।

साँखुमा जस्तै भक्तपुरमा पनि माधव नारायणको मेला लाग्ने गर्छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्छ।