एनसेलको डबल मजा अफर तीन प्याकका साथ पुनः संचालनमा, बोनसका रूपमा डबल डेटा पाइने



बिजमाण्डू
२०८० माघ २४ गते १८:५८ | Feb 7, 2024
एनसेलको डबल मजा अफर तीन प्याकका साथ पुनः संचालनमा, बोनसका रूपमा डबल डेटा पाइने

काठमाडौं। एनसेलले आफ्ना सबै ग्राहकले डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन सक्ने गरी ‘डबल मजा प्याक’ पुनः संचालनमा ल्याएको छ। डबल मजा अफर एनसेलले तीन प्याकका साथ पुनः संचालनमा ल्याएको हो।

Tata
GBIME
Zonsen

यो अफरमा ग्राहकले करसहित १५० रुपैयाँमा ५ जीबी डेटा वा २०० रुपैयाँमा ८ जीबी डेटा लिन सक्छन्। यसको समयसीमा ७ दिन हो। त्यसैगरी, ८८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्ने एनसेलले जनाएको छ।

यो प्याकमा समयावधि नसकिंदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनसस्वरुप प्राप्त गर्छन्। कुनै ग्राहकले ८ जीबीको प्याक खरिद गरेको ७ दिनभित्र फेरि सोही प्याक किने १६ जीबी डेटा बोनसका रुपमा पाउँछन्।

डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गर्न सक्छन्। एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक किन्न सकिन्छ ।

प्याकको समयावधि रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि खरिद गरी संचित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन सक्छन्।
७ दिन समयावधि भएका १५० र २०० रुपैयाँकाडबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ। त्यसैगरी ८८८ रुपैयाँको प्याकमा पाइने संचित बोनस डेटा ग्राहकले ६० दिनसम्म चलाउन पाउँछन्।

एनसेलले करसहित २२० रुपैयाँमा ७ दिन समयावधिको कम्बो प्याक पनि ल्याएको छ। यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवा पाउँछन्।