माइपे मनी ट्रान्सफरले पायो रेमिटेन्स भित्र्याउने लाइसेन्स, यी देशहरुबाट भित्र्याउनेछ रेमिटेन्स

बिजमाण्डू
२०८० माघ २४ गते ०९:४६ | Feb 7, 2024
माइपे मनी ट्रान्सफरले पायो रेमिटेन्स भित्र्याउने लाइसेन्स, यी देशहरुबाट भित्र्याउनेछ रेमिटेन्स

काठमाडौं। माइपे मनी ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट रेमिटेन्स भित्र्याउने लाइसेन्स पाएको छ। लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिटेन्स भित्र्याउने भएको छ। यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार संचालन गर्ने कम्पनीले जनाएको छ।

Tata
GBIME

‘हामीले विदेशबाट डिजिटल माध्यमबाट नै नेपालको कुनैपनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौं। युवाहरुलाई लक्षित गरी सुरक्षित र विश्वासिलो रेमिटेन्स कम्पनी बन्ने हाम्रो पहिलो लक्ष्य हो,’ माइपे मनी ट्रान्सफरका बिक्री निर्देशक किरण भट्टराईले भने।

यसका साथै माइपे मनी ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजार भन्दा बढी भौतिक एजेन्टबाट समेत रकम पाउन सकिने कम्पनीले जनाएको छ।

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी भएपश्चात पहिलो कम्पनीका रुपमा माईपेले लाइसन्स प्राप्त गरेको हो। नयाँ विनियमावलीमा राष्ट्र बैंकले रेमिटेन्सको लाइसन्सको लागि २ करोड चुक्ता पुँजीलाई बढाएर १० करोड पुर्‍याएको थियो।