‘जिन्दगीभरको कमाइले बनाएको घर सही बनोस् भन्ने हाम्रो चाहना हो,’ शिवम् सिमेन्टका अग्रवालको अन्तर्वार्ता

बिजमाण्डू
२०८० माघ २१ गते ०६:०२ | Feb 4, 2024
‘जिन्दगीभरको कमाइले बनाएको घर सही बनोस् भन्ने हाम्रो चाहना हो,’ शिवम् सिमेन्टका अग्रवालको अन्तर्वार्ता

निर्माण सामग्री उद्योग चरम निरासा र संकटमा छ। अझ त्यसमाथि सिमेन्ट उद्योगहरु घाटामा सञ्चालन भइरहेका छन्। आन्तरिक बजारमा चलिरहेको कटथ्रोट प्रतिस्पर्धाले सिमेन्टको मूल्य ज्यादै तल झरिसकेको छ। न सरकारले सोचेअनुरुप पुँजीगत खर्च बढाउँदै विकास निर्माणका गतिविधिलाई तीव्र बनाउन सकेको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप थन्किएर कर्जा प्रवाह आक्रामक बन्न सकेको छैन।

Tata
GBIME
Nepal Life

हाउजिङ, अपार्टमेन्टसहितका नयाँ परियोजना जसले निर्माण उद्योगलाई चलायमान बनाउन सघाउँछ त्यो नै सुस्त छ। यस्तो अवस्थामा शिवम् सिमेन्ट कसरी संकटसँग जुधिरहेको छ। योसँगै नेपालको पछिल्लो सिमेन्ट बजारमा केन्द्रित भएर शिवम् सिमेन्टका उपाध्यक्ष (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाललाई बिजमाण्डूले सोध्यो- अहिले सिमेन्टको बजार कस्तो छ? लामो समयदेखि गहिरो संकट सिमेन्ट उद्योगले खेप्दै आएको छ। कसरी सस्टेन गरिरहनु भएको छ?

सबै सिमेन्ट उद्योगहरु अहिले घाटामा छन्। यसको कारण आन्तरिक प्रतिस्पर्धा नै हो। कुनै पनि सिमेन्ट उद्योगले पैसा कमाएको छैन। एक आपसमा कटथ्रोट प्रतिस्पर्धाका कारण पछिल्लो १४ वर्षमा नेपालमा सिमेन्ट सबैभन्दा सस्तो दरमा झरेको छ। शिवम् सिमेन्ट काठमाडौंमा प्रति बोरा ६५० रुपैयाँ हाराहारीमा पाइन्छ। यो भनेको निकै सस्तो रेट हो। 

आन्तरिक प्रतिस्पर्धा किन भयो भने व्यक्तिगत घरहरु जति बन्नुपर्थ्यो बनेनन्। कोरोना महामारीपछि क्रमश: मान्छेहरुको घर बनाउने क्षमता घट्दै गयो। घर कसैका लागि म्यान्डेटरी होइन लक्जरी हो। बस्न त कोठा भाडामा लिएर पनि बस्न सकिन्छ। अर्को भनेको निर्माणसम्बन्धी गतिविधि नै सुस्त भयो। सरकारले पुँजीगत खर्च बढाउनै सकेन। निर्माण व्यवसायीहरुको भुक्तानी समयमा भइरहेको छैन। 

ठूला हाउजिङ अपार्टमेन्ट परियोजना सोचेअनुरुप निर्माण हुन सकेनन्। नयाँ प्रोजेक्ट आएको छैन। जसका कारण बजारमा डिमान्ड नै सिर्जना हुन सकेन। गतिविधि रोकिएपछिको असर कहीँ न कहीँ सिमेन्ट उद्योगमा पर्छ नै। 

पछिल्लो ६ वर्षमा नयाँ-नयाँ सिमेन्ट उद्योग खुले। सबैलाई आफ्नो सामान बजारमा बेच्नुपर्ने प्रतिस्पर्धा छ। बजार खुम्चिंदै छ तर, उत्पादन बढ्दै छ। ओभर सप्लाई छ।

आन्तरिक डिमान्डमा सुधार भएको त देखिंदैन। कम्पनीहरुको बजार हिस्सा एकअर्काले तान्नु बेग्लै कुरा होला तर, स्वदेशी माग बढेको छैन। केही उद्योगहरुले सिमेन्ट भारत निर्यात गरिरहेका छन्। त्यसले उत्साह पक्कै पनि दिएको छ। राम्रो संख्यामा नेपाली सिमेन्ट भारत निर्यात भइरहेको छ। शिवम् ‍सिमेन्टले भने भारत निर्यात गरेको छैन। नेपालमै बेचेर भ्याउँछौं त्यही भएर निर्यात गरेका छैनौं। निर्यातको अनुमति त हामीले सन् २०१६ मै पाइसकेका थियौं। 

यस्तो संकट खेपिरहेको अवस्थामा तपाईंहरु भने कोर बिजनेसमा केन्द्रित नभएर उपभोक्ताले निर्माण गर्ने घर जिम्मा लिनुभइरहेको छ। किन सिमेन्ट कम्पनीले उपभोक्ताको चेतना बढाउनु पर्‍यो। सिमेन्ट बिक्रीमै केन्द्रित हुँदा तपाईंहरुलाई लाभ मिल्ने हो?

सिमेन्टको काम भनेको डन्डीमा गिटी र बालुवालाई जोड्ने काम गर्छ। सिमेन्ट भनेकै केमिकल बाइन्डर हो। तपाईंले सिमेन्ट किन्नु भयो तर, त्यसको सही उपयोग गर्न जान्नु भएन भने सिमेन्ट किनेको कुनै अर्थ लागेन नि। हामीले कुनै ब्राण्ड किन भन्दैनौं। तर, ४, ८, १२ र १६ लाइनको डन्डीमा के फरक छ त, त्यसको प्रयोजन के हो त्यो बुझ्नुपर्छ। भूकम्पअघि चारवटा डन्डी राखेर पिलर बनाउने चलन थियो। त्यसपछि मापदण्डमा कडाई भएसँगै त्यसलाई ८ बनाइयो। इन्जिनियरहरुले ६ वटाको अभ्यास अहिले पनि गरिरहेका छन्। यसले के फरक पार्छ त। के डन्डी वा सिमेन्ट धेरै हाल्यो भने संरचना मजबुत हुन्छ? 

उदाहरणका लागि तपाईंसँग टन्न पैसा छ, मज्जाले सिमेन्ट किन्नु भयो। त्यसले घर बलियो हुन्छ त? हुँदैन नि। किन हुँदैन जान्ने आवश्यकता त उपभोक्ताहरुलाई छ। तपाईंसँग धेरै पैसा छ, नुन धेरै खान्छु भन्दा खाना मिठो हुन्छ, स्वस्थकर पनि हुँदैन। मसँग पैसै छैन नुनै हाल्दिन भन्दा पनि खाना मिठो हुँदैन। जति चाहिने हो त्यति नै हाल्नुपर्छ। यही सुत्रअनुसार निर्माण क्षेत्रमा सिमेन्टले काम गर्छ। 

उपभोक्ताले किनेको सामानलाई राम्रो तरिकाले कसरी प्रयोग गर्ने विधि हामीले बताइसकेपछि हामीले सिमेन्ट बेच्ने होइन भ्यालु बेच्ने हो। तपाईंले कुनै पनि प्रिमियम वस्तु वा सेवा किन्नुहुन्छ। प्रिमियम सेवा वा वस्तु किन्दा कम्पनीको सोच, आश्वासन र तपाईं प्रति देखाएको विश्वासको पनि पैसा तिर्नुहुन्छ। अब हामीले सिमेन्ट उद्योगमा पनि शिवमले त्यही गर्न खोजेको हो। शिवमको उत्पादन किन्दै गर्दा उपभोक्तालाई हाम्रो सिमेन्ट भन्ने होस्। नेपालको सबैभन्दा रुचाइएको सिमेन्ट हो शिवम्। त्यसको कारण हामीले प्रमाणित गरिसकेका छौं। नेपालको पहिलो ओपीसी सिमेन्ट हो जसले अहिलेसम्म ११ करोड बोरा बेचिसकेका छौं। 

शिवम् सिमेन्ट एउटा मात्रै निजी उद्योग हो जसले ओपीसी सिमेन्ट मात्रै बनाउँछ। हेटौंडा, उदयपुर र शिवम् सिमेन्टले ओपीसी सिमेन्ट मात्रै बनाउँछन्। अरुले पीपीसी, पीएससी सिमेन्ट पनि बनाउँछन्। 

ओपीसी सिमेन्ट मात्रै बनाउनुको कारण के हो?

एउटा मुख्य कारण भनेको प्रडक्ट डाइभर्सिफिकेसन पनि भएन। पीपीसी सिमेन्टले ढलान गर्ने चलन छैन नि। ओपीसीले ढलान गरिन्छ। त्यसैले ओपीसी पक्कै राम्रो सिमेन्ट हो। त्यसैले हामी राम्रो सिमेन्ट मात्रै बनाउँछौं। पीपीसी आफैंमा कमसल सिमेन्ट पनि होइन। त्यो पनि राम्रो हो तर, ओपीसी मात्रै फोकस गरेर उत्पादन गर्ने निजी क्षेत्रको हामी मात्रै हौं।

हामीले नै सबैभन्दा पहिला एनएस ५७२ अन्तर्गत ग्रेडिङ पाएका थियौं। गुणस्तरको कुरा गर्दा हामी मात्रै नेपालको एनएस गुणस्तर अवार्ड २०१९ विजेता हौं। सिमेन्ट सेक्टरमा अरुले यो अवार्ड पाएका छैनन्। हामीले हाम्रा ग्राहकहरुलाई गुणस्तरीय सामग्री दिएका छौं। 

त्यसैगरी, हामीले मिस्त्रीहरुसँग भेटघाट गर्‍यौं। सिमेन्ट प्रयोग गर्ने नयाँ विधिको बारे मिस्त्रीहरुलाई जानकार र सक्षम बनाउन तालिम दियौं। देशका विभिन्न क्षेत्रमा हामीले तालिम दियौं। त्यसपछि हामी उपभोक्तामा केन्द्रीत हुन खोजेका हौं। उपभोक्तालाई हामीले शिवम् सिमेन्टको कुरा गरिरहेका छैनौं समग्र सिमेन्ट, डन्डीलगायत निर्माण सामग्री उद्योगको कुरा गरिरहेका छौं।

यस्तो समयमा शिवम् सिमेन्टले शिवम् सन्देश अभियान सञ्चालन गरिरहेको छ। आफ्नो ब्राण्डको सिमेन्ट किने पनि नकिने पनि शिवम् सिमेन्टले घर निर्माण गरिरहेका तथा योजना बुनिरहेका उपभोक्तालाई लक्षित गर्दै श्रृंखलाबद्धरुपमा घर निर्माणसँग सम्बन्धित हरेक पक्षलाई समेटेर भिडियो सन्देश निर्माण गरिरहेको छ।

व्यापार घाटामा चलिरहँदा किन शिवम् सन्देश नामक मार्केटिङ रणनीति आक्रामक बनाइरहनु भएको हो?

शिवम् सन्देश हामीले सिमेन्ट खरिदकर्ताका लागि तयार गरेको चेतनामूलक कार्यक्रम हो। जसमा शिवम् सिमेन्टले उपभोक्ताहरुले जुनसुकै निर्माण गर्दैगर्दा स्ट्यान्डर्ड अपरेसन प्रोसिड्योर (एसओपी) के हो? जस्तो आज कसैले घर बनाउँदै हुनुहुन्छ। घर बनाउँदा ४३ ग्रेडको सिमेन्ट प्रयोग गर्ने कि ५३ ग्रेड, बालुवा कति राख्ने, पानी कति राख्ने, केमिकल राख्ने नराख्ने, कसरी ढलान गर्ने हरेक व्यक्ति आफ्नै तरिका र अनुभव छ। तर, भवन निर्माण मापदण्डले के भन्छ भन्ने अन्योलता छ।

जग्गा किन्दै गर्दा हामीलाई थाहा छ खोलाको छेउमा भएको, हाइटेन्सन लाइनमा परेको जग्गा किन्नु हुन्न। भीरको जग्गा किन्नु हुन्न। मान्छेहरुले यस्तो जोखिमयुक्त ठाउँमा रहेको जग्गा किनिरहेका हुन्छन्। पछि उनीहरुले दु:ख पाइरहेका देख्छौं। उदाहरणका लागि जग्गा किन्दै गर्दा स्कुल, कलेज, अस्पताल नजिक हुनुपर्‍यो। ढल, बिजुलीलगायतका आधारभूत पूर्वाधार भ्यालिडेट गर्ने काम कसैले गरेको छैन। 

हाम्रोमा त आज बेलुका ढलान गरेर भोलि फर्मा खोलेर पर्सीनै भर्‍याङ चढाउने प्रवृत्ति छ। खासमा कति दिनपछि ढलान खोल्नुपर्ने हो त? तपाईं घर बनाउँदै हुनुहुन्छ, सँगै मान्छे होला जसले ४ दिनमा फर्मा खोलेको छ। अर्को मान्छे होला उसले ६ दिनमा खोलेको छ। तर, इन्जिनियरिङले के भन्छ त भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। 

हामीले शिवम् सन्देशअन्तर्गत ५२ वटा एपिसोड बनाउँछौं। त्यसमा हामीले घर खरिददेखि सर्नेबेलासम्म सबै विषयमा हामी भिडियो बनाउँछौं। कस्तो निर्माण व्यवसायी रोज्ने, बजेटिङ कसरी गर्ने, जग्गा कस्तो र कसरी किन्ने, सिमेन्ट/डन्डी/बालुवा कसरी प्रयोग गर्ने, मसला कसरी बनाउनेलगायतका सबै पक्षको महत्त्वपूर्ण विषय हामी भिडियोमा समेट्छौं। घर निर्माण गर्दै गर्दा मजबुती दिन कसरी सकिन्छ हामी त्यसको सन्देश दिन खोज्दैछौं। जोकोहीले घर बनाउँदै छ भने उसले यी एपिसोडहरु हेरेर थाहा पाओस् घर बनाउने निर्माण व्यवसायी र इन्जिनियरले सही ढंगले काम गरेको छ वा छैन। भिडियो हेरेपछि उनीहरुलाई चारवटा प्रश्न गर्न सकोस्।

यदि आवश्यक पर्‍यो भने अरु एपिसोड थप्दै जान पनि सक्छौं।  

यसबाट उपभोक्ताले के फाइदा पाउँछन्?

सन् २०१६ मै हामीले शिवमको नि:शुल्क परामर्श अभियान सुरु गरिसकेका छौं। हाम्रो टोल फ्रि नम्बर छ। बजारमा ठूलो शिवमको भ्यान देख्नु पनि भएको होला। त्यो भ्यान भित्र ल्याब बनाएका छौं। तपाईंले कुनै पनि ब्राण्डको सिमेन्ट प्रयोग गर्नुस्, हाम्रो भ्यानलाई फोन गर्नुस्, भ्यान साइटमा सिमेन्ट कास्टिङको बेलामा आएर नि:शुल्क अध्ययन गर्दिन्छ। 

सिमेन्टको क्यूबलाई लिएर गएर केही दिनपछि त्यसको स्ट्रेन्थ कति छ भन्नेसम्मको रिपोर्ट दिन्छ। शिवम् सिमेन्ट नै प्रयोग गर्नुपर्छ भन्ने छैन। हामी उपभोक्ताहरुको जिज्ञासाका लागि सधैं खुला छौं। त्यसलाई हेर्न हाम्रो छुट्टै ठूलो टिम छ।

किन सन्देश दिनुपर्‍यो?

कतिजनाले भनेको सुन्छु, सिमेन्ट किन्यौं एक महिनासम्म राख्या छौं के फरक पर्छ र भन्नु हुन्छ। रिङरोड बनाउँदा चिनियाँ निर्माण व्यवसायीले तपाईंहरुकै सिमेन्ट ढाकेर राखेको थियो त भन्नु हुन्छ। तपाईंले ढाकेर राखेको त देख्नु भयो तर, कति दिन राखेको थ्यो, कसरी राखिएको थ्यो त्यो बुझ्नुपर्छ। 

ढाकेर राख्दा त्यसको भुँइमा काठ राखिएको हुन्छ। तीन लेयरको त्रिपाल लगाएको हुन्छ। सिमेन्ट भण्डारण गर्ने विधि हुन्छ। त्यो जानकारी नहुन सक्छ सबैलाई। सिमेन्ट मजाले ढाकेर, जोगाएर राख्नु भयो भने तीन महिनासम्म केही हुँदैन। अहिलेको चिसो मौसममा एक घण्टा खुलामा सिमेन्ट छोड्दिनुस् सिमेन्ट प्रयोग नै नमिल्ने गरी बिग्रिन्छ। सिमेन्टले पानी छोयो भने ‘ग्लू’ बनिहाल्छ। 

जिन्दगी भरको कमाइ लगानी लगाएर घर बनाउने हो। घर बनाउँदा धेरै आशा हुन्छ। कमसेकम त्यो सही बनोस्। उपभोक्तालाई मैले शिवम् सिमेन्ट प्रयोग नगरेपनि सही ढंगले घर बनोस् भनेर भ्यालिडेसन गर्ने ठाउँ हामीले तयार गरेका हौं।