
काठमाडौं। महिन्द्रा युटिलिटी भेहिकलको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपले धनगढीमा शोरुम खोलेको छ।
कम्पनीले स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० गाडीसहित शोरुम खोलेको हो। शोरुममा पार्टपूर्जा पनि पाइनेछन्।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर लगायतको उपस्थितिमा शोरुम उद्घाटन गरे।
धनगढी र आसपासका ग्राहकलाई लक्षित गरी शोरुम खोलिएको अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्माले बताए। ‘धनगढी र आसपासका ग्राहकलाई अधिकतम सुविधासहितको गाडी उपलब्ध गराउन शोरुम खोलिएको हो,’ उनले भने।
शोरुमसँगै सर्भिस सेन्टर पनि सञ्चालनमा ल्याइएको छ।