BIZMANDU
www.bizmandu.com

महिन्द्राको शोरुम धनगढीमा पनि, स्कर्पियो एनदेखि एक्सयूभी ३०० सम्मका गाडी

२०८० मंसिर २४

महिन्द्राको शोरुम धनगढीमा पनि, स्कर्पियो एनदेखि एक्सयूभी ३०० सम्मका गाडी
महिन्द्राको शोरुम धनगढीमा पनि, स्कर्पियो एनदेखि एक्सयूभी ३०० सम्मका गाडी

काठमाडौं। महिन्द्रा युटिलिटी भेहिकलको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपले धनगढीमा शोरुम खोलेको छ।

Vigo
GBIME
Tata

कम्पनीले स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० गाडीसहित शोरुम खोलेको हो। शोरुममा पार्टपूर्जा पनि पाइनेछन्।

सुदूरपश्‍चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर लगायतको उपस्थितिमा शोरुम उद्‍घाटन गरे।

धनगढी र आसपासका ग्राहकलाई लक्षित गरी शोरुम खोलिएको अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्माले बताए। ‘धनगढी र आसपासका ग्राहकलाई अधिकतम सुविधासहितको गाडी उपलब्ध गराउन शोरुम खोलिएको हो,’ उनले भने।

शोरुमसँगै सर्भिस सेन्टर पनि सञ्चालनमा ल्याइएको छ।