‘द क्लिफ’लाई आन्तरिक राजस्व कार्यालय बाग्लुङको सम्मान, पर्वत जिल्लाकै सर्वोत्कृष्ट करदाता

बिजमाण्डू
२०८० मंसिर २४ गते ११:५९ | Dec 10, 2023
‘द क्लिफ’लाई आन्तरिक राजस्व कार्यालय बाग्लुङको सम्मान, पर्वत जिल्लाकै सर्वोत्कृष्ट करदाता


काठमाडौं। पर्वत सदरमुकाम कुश्मामा संचालित ‘द क्लिफ’ लाई  आन्तरिक राजस्व कार्यालय बागलुङले सम्मान गरेको छ। साहसिक खेलअन्तर्गत बन्जी, स्विङ लगायत संचालन गर्दै आएको कम्पनीलाई पर्वत जिल्लाकै सर्वोतकृष्ट करदाता भएको जनाउँदै सम्मानित गरिरएको हो।

Tata
GBIME
Nepal Life

पर्वत जिल्लामा दर्ता रहेका करदाताहरूमध्ये सेवा/उद्योग अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस-२०८० को सन्दर्भमा कर अधिकृत शालिकराम आचार्यले क्लिफका अध्यक्ष राजु कार्कीलाई यो सम्मानपत्र हस्तान्तरण गरेको जनाइएको छ।

संचालक कार्कीको अवधारणामा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ,  स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ,  क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत साहसिक खेल गतिविधि सञ्चालनमा छन् ।