सुन तोलामा १ हजार ३ सय घट्यो‚ तीन दिनको स्थिरतापछि चाँदीमा पनि गिरावट

बिजमाण्डू
२०८० मंसिर २४ गते ११:५५ | Dec 10, 2023
सुन तोलामा १ हजार ३ सय घट्यो‚ तीन दिनको स्थिरतापछि चाँदीमा पनि गिरावट

काठमाडौं। सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ। तीन दिनको स्थिरतापछि चाँदीको मूल्यमा पनि गिरावट छ। आइतबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

गत शुक्रबार तोलाको १ लाख १८ हजार ८ सय थियो। गत सोमबार तोलाको १ लाख २१ हजार ६ सय पुगेको थियो‚‚ जो हालसम्मकै उच्च मूल्य थियो। त्यसयता मूल्य क्रमिक ओह्रालो लागेको छ।

चाँदी तीन दिनपछि ३५ रुपैयाँ घटेर आइतबार प्रति तोला १४ सय २५ रुपैयाँ भएको छ। गत बिहीबार तोलाको १४ सय ६० रुपैयाँ थियो। सुनको मूल्य सर्वाधिक उच्च भएका बेला गत सोमबार चाँदी १५ सय ४५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस २००४.५५ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस २३ डलर छ।