एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी भिड्दै, शीर्ष चारमा पुग्ने दाउमा दुवै टोली

बिजमाण्डू
२०८० मंसिर २१ गते ११:५४ | Dec 7, 2023
एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी भिड्दै, शीर्ष चारमा पुग्ने दाउमा दुवै टोली

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र बुटवल लुम्बिनी एफसी भिड्दैछन्। त्रिपुरेश्‍वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे खेल सुरु हुनेछ।

Tata
GBIME
NLIC

चितवनले ३ खेल खेल्दा समान १ जित, १ बराबरी र १ हार ब्यहोर्दै ४ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ। चितवनले पोखरा थण्डर्ससँग १-० गोलको हार ब्यहोर्दै लिगको सुरुवात गरेको थियो। दोस्रो खेलमा चितवनले काठमाडौं रेजर्ससँग १-१ गोलको बराबरी खेल्दा तेस्रो खेलमा आएर पहिलो जित निकालेको थियो।

वीरगंज युनाइटेड एफसीमाथिको २-१ गोलको जित चितवनले एनएसएलमै निकालेको पहिलो जित थियो। यसअघि पहिलो संस्करणमा पनि चितवनले जित निकाल्न सकेको थिएन।

त्यस्तै, बुटवल लुम्बिनी जारी लिगमा खराब सुरुवात गर्ने टोली मध्येमा पर्छ। लगातार २ हारपछि १ जित निकालेको बुटवल ३ अंक जोड्दै तालिकाको ७ औँ स्थानमा छ।

बुटवलले पहिलो खेलमा ललितपुर सिटीसँग २-०, दोस्रो खेलमा धनगढी एफसीसँग १-० गोलको पराजय ब्यहोर्दा तेस्रो खेलमा स्पोर्टिङ इलामलाई २-१ गोलले हराउँदै पहिलो जित निकालेको थियो।

आजको खेलमा जित निकालेको खण्डमा दुवै टोलीलाई शीर्ष ४ भित्र पुग्‍न अवसर रहनेछ।

चितवनको हालसम्मको नतिजा

पोखरा थण्डर्स १-० एफसी चितवन

गोल गर्ने खेलाडी : मोसेस ट्वुम (पोखरा थण्डर्स)

काठमाडौं रेजर्स १-१ एफसी चितवन

गोल गर्ने खेलाडी: जुनियर एनगुने (काठमाडौं), विमल घर्ती मगर (एफसी चितवन)

वीरगंज युनाइटेड १-२ एफसी चितवन

गोल गर्ने खेलाडी: एइकिन्स के बाफोउर (वीरगंज), विमल घर्ती मगर, टोरिक जेब्रिन (एफसी चितवन)

बुटवलको हालसम्मको नतिजा

ललितपुर सिटी एफसी २-० बुटवल लुम्बिनी एफसी

गोल गर्ने खेलाडी: अनन्त तामाङ, दिनेश हेन्जन (ललितपुर सिटी एफसी)

धनगढी एफसी १-० बुटवल लुम्बिनी एफसी

गोल गर्ने खेलाडी: ओलावाले अफीज (धनगढी एफसी)

इलाम १-२ बुटवल लुम्बिनी एफसी

गोलगर्ने खेलाडी: अब्दोउल्गे बा (इलाम), स्टेफेन बिनोङ र एरिक बिस्ट (बुटवल लुम्बिनी एफसी)

अंक तालिका