न्यूरोडको सुन गाल्ने कारखानामा प्रहरीको छापा, संचालक पक्राउ, सुनको परीक्षण हुँदै

बिजमाण्डू
२०८० मंसिर २० गते ११:२४ | Dec 6, 2023
न्यूरोडको सुन गाल्ने कारखानामा प्रहरीको छापा, संचालक पक्राउ, सुनको परीक्षण हुँदै

काठमाडौं। न्यूरोडमा रहेको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ। मंगलबार राति काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले छापा मारेको हो।

Tata
GBIME

अवैध रुपमा ल्याइएको सुन गाल्ने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। धनगढी घर भएका ४१ वर्षीय पदम पाण्डे संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘संचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं। केही किलो सुन बरामद भएको छ तर त्यो नक्कली वा के हो भन्ने परिक्षण भएको छैन,’ एक प्रहरी अधिकृतले भने।

विदेशबाट विभिन्न आकारमा आएको सुनलाई काठमाडौं उपत्यकाभित्र रहेका सुन पगाल्ने कारखाना गालेर भारत लग्ने गरेको देखिएको छ।