दमौली-बन्दीपुर सडकमा लापरवाही‚ निर्माण कम्पनी खड्गदेवीलाई कालोसूचीमा राख्न सिफारिस

बिजमाण्डू
२०८० मंसिर १३ गते ०९:५६ | Nov 29, 2023
दमौली-बन्दीपुर सडकमा लापरवाही‚ निर्माण कम्पनी खड्गदेवीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। पूर्वाधार विकास कार्यलय दमौलीले दमौली-केशवटार-बन्दीपुर सडक निर्माण गरिरहेको खड्गदेवी निर्माण सेवालाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।

Tata
GBIME

कार्यालयले बुधबार सूचना जारी गर्दै उक्त निर्माण कम्पनीले सडक निर्माणमा सम्झौताअनुसार काम नगरेकाले कालोसूचीमा राख्न सिफारिस गरिएको जनाएको छ।

निर्माण कम्पनीले सम्झौताविपरीत जानाजानी लापारवाही गर्दा काम पुरा नभएकाेले सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राख्न सिफारिस गरिएको कार्यालयको सूचनामा छ।

कार्यालयले पठाएको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यलयले एक मौका दिएर कालोसूचीमा राख्ने निर्णय गर्ने प्रावधान छ।