एभरेष्ट बैंकको डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ भिडियो जारी

बिजमाण्डू
२०८० मंसिर १२ गते १६:५३ | Nov 28, 2023
एभरेष्ट बैंकको डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ भिडियो जारी

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले डिजिटल लेट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ।

Tata
GBIME

आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको छ।

भिडियो क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए।

भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी विधि रहेको छ।

भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्दि हुने विश्वास बैंकले लिएको छ।

बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट ९एनबीआइ० सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ।