कांग्रेसका तीन भ्रातृ संगठनले पाए नेतृत्व, सभापति देउवाले कुन संघमा कसलाई ल्याए?

बिजमाण्डू
२०८० मंसिर १२ गते १५:४२ | Nov 28, 2023
कांग्रेसका तीन भ्रातृ संगठनले पाए नेतृत्व, सभापति देउवाले कुन संघमा कसलाई ल्याए?

काठमाडौं। नेपाली कांग्रेसका तीन वटा भ्रातृ संगठनले नेतृत्व पाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन गर्न नसकेर विघटन भएका नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ र राष्ट्रिय लोकतान्त्रिक अपांग संघमा अध्यक्ष नियुक्त गरेका हुन्।

Tata
GBIME

देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल, भूतपूर्व सैनिक संघको अध्यक्षमा कपिलवस्तुका मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थलाई नियुक्त गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

कांग्रेसका धेरै भ्रातृ संगठन अधिवेशन गर्न नसकेका कारण अहिले तदर्थवादमा चल्दै आएका छन्।