नेपाल वेयरहाउजिङको सेयर सर्वसाधारणका लागि आजबाट, अंकित मूल्यमै सेयर भर्न पाइने

बिजमाण्डू
२०८० मंसिर १० गते ०८:४९ | Nov 26, 2023
नेपाल वेयरहाउजिङको सेयर सर्वसाधारणका लागि आजबाट, अंकित मूल्यमै सेयर भर्न पाइने

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आजबाट साधारण सेयर निष्काशन गरेको छ। कम्पनीले मंसिर १३ गतेसम्म सेयर जारी गर्नेछ।

Tata
GBIME

वेयरहाउजिङ क्षेत्रका कम्पनीहरुको यो पहिलो सार्वजनिक निष्काशन हो। व्यवसायी आनन्दकुमार अग्रवाल बगरियाको प्रमुख लगानी रहेको कम्पनीमा शिखर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, एग्रो फार्म प्रालिका सतिश चन्द श्रेष्ठ, टिम भेन्चर्सका तेन्जिङ छुफेल लामा सञ्चालक छन्। बगरिया कम्पनीका अध्यक्ष हुन्।

कम्पनीको जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँ छ। यसको २० प्रतिशत सर्वसाधारणलाई बिक्रीका लागि छुट्याएको हो। कुल १३ करोड ७५ लाखको सेयरबाटै कर्मचारी, रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष र आम सर्वसाधारणले पाउने छन्।

सर्वसाधारणको भागमा ११ लाख ४१ हजार २५० कित्ता सेयर छुट्याइएको छ। सेयरको अंकित मूल्य १०० रुपैयाँ हो।