विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार, यमनसँग २-० गोलअन्तरले पराजित

बिजमाण्डू
२०८० मंसिर ५ गते २१:४७ | Nov 21, 2023
विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार, यमनसँग २-० गोलअन्तरले पराजित


काठमाडौं। नेपाली फुटबल टोली यमनसँग पराजित भएको छ। फिफा विश्वकप एसिया छनोटको दोस्रो चरणमा नेपाल यमनसँग २-० गोलअन्तरले पराजित भएको हो।

Tata
GBIME

१३ हजारभन्दा बढी घरेलु दर्शक उपस्थित दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। 

दोस्रो हाफमा दुबै टोलीले आक्रमण बढाएका थिए। तर, उत्तरार्धमा भने यमनको खेलमा ‘डोमिनेन्स’ रह्यो।

५६ औँ मिनेटमा दिनेश हेन्जनको स्थानमा मैदानमा प्रवेश गरेका हिसुब थपलिया यमनी गोलकिपर अब्दुल्लाह अलसादी बक्सभन्दा बाहिर पुगिसकेको अवस्थामा पनि गोल गर्न चुके। लगत्तै फ्रिकिकको अवसर बनाएर पनि नेपाल चुक्यो।

६६ औँ मिनेटमा यमनका अल-खादेर सलिम गरेको गोललाई रेफ्री शेन यिनयाओले अफसाइड करार दिए।

यमनलाई अग्रता ओमर अब्दुल्ला ओमर अल दाहीले ७२ औँ मिनेटमा दिलाए। उनले बक्स बाहिरबाट डिफेन्डरकै बीचबाट गोल गरे।

लगत्तै ७५ औँ मिनेटमा अहमेद माहिरले बक्स नजिकै बाट गरेको प्रहार गोलपोस्ट केही माथिबाट बाहिरियो।

९० औँ मिनेटमा नेपालले दोस्रो गोल ब्यहोर्‍यो। काउन्टर अट्याकमा यमनका मोहम्मद अब्दुल्ला अलदायीले फितलो डिफेन्स र गोलकिपरलाई सहजै छलाउँदै गोल गरे।

समूह ‘एच’ मा रहेका यी दुवै टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन्। नेपालले पहिलो खेलमा समूहको शीर्ष स्थानमा रहेको यूएईसँग ४-० गोलले हार बेहोर्दा यमन बहराइनसँग २-० गोलले पराजित भएको थियो।

समूह ‘एच’ मा यूएई, बहराइन र यमन ३ अंक जोड्दै शीर्ष तीनमा छन्।  नेपाल चौथो स्थानमा छ। समूहका चारवटै टोलीले एक अर्कासँग ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछन्।