अग्निले चितवनमा संचालन गर्‍यो अन्तर्राष्ट्रिय स्तरको शोरुम, महिन्द्रा गाडीहरुको बिक्री सुरु

बिजमाण्डू
२०८० कात्तिक ३ गते १०:४३ | Oct 20, 2023
अग्निले चितवनमा संचालन गर्‍यो अन्तर्राष्ट्रिय स्तरको शोरुम, महिन्द्रा गाडीहरुको बिक्री सुरु


काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक बिक्रेता अग्नि ग्रुपले अन्तर्राष्ट्रिय स्तरको शोरुम चितवनमा संचालनमा ल्याएको छ। कम्पनीले बिहीबार चितवनको पार्स चोकमामहिन्द्राको गाडीहरु बिक्री गर्न नयाँ शोरुम संचालनमा ल्याएको हो।

Tata
GBIME
NLIC

शोरुमको इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष (अन्तर्राष्ट्रिय अपरेसन) अटोका जोयदीप मोइत्रा, कन्ट्री हेड चैतन्य कगलकर र अग्नि ग्रुपका डेपुटी सेल्स डाइरेक्टर बरदान बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

नयाँ शोरुमबाट महिन्द्रा स्कर्पियो एनसहित अन्य गाडीको बिक्री सुरु भएको छ। शोरुममा महिन्द्राको लागि आवश्यक पर्ने स्पेयर पार्ट्स उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीले स्कर्पियो एन, एक्सयुभी सेभेन डबल ओ र एक्सयुभी थ्रि डबल ओ नेपालभरी बिक्री गर्दै आइरहेको छ। काठमाडौंमा, इटहरी र जनकपुरपछि क्षेत्रीय स्तरमा तेस्रो आधिकारिक शोरूम बनेको कम्पनीले जनाएको छ।

महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष मोइत्राले कम्पनीले उपभोक्ताको चाहनामा आधारित विभिन्न सेगमेन्टका उत्पादनमा केन्द्रित रहेको बताए।

अग्निका डेपुटी सेल्स डाइरेक्टर बस्नेतले ग्राहकलाई उत्कृष्ट सेवा दिन अन्तर्राष्ट्रियस्तरको शोरुम स्थापना गरिएको बताए।