रिलिज भयो प्रकाश सपुतको ‘परदेशी २’, ऋचाको ‘कौसीद’ पनि प्रदर्शन

बिजमाण्डू
२०८० असोज २६ गते ०६:४६ | Oct 13, 2023
रिलिज भयो प्रकाश सपुतको ‘परदेशी २’, ऋचाको ‘कौसीद’ पनि प्रदर्शन


काठमाडौं । आज नेपाली सिनेमाहलमा दुई स्वदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’ र ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’ रिलिज भएका हुन्।

Tata
GBIME
NLIC

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ मा प्रकाशका साथै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ।

नारायण र राजेश बंशल निर्माता रहेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन्। यो फिल्म हिट फिल्म ‘परदेशी’को सिक्वेल हो। यस फिल्मले युवाहरुको विदेशिने मोह र त्यसले घरपरिवारमा पार्ने प्रभावको कथा भन्छ।

ऋचाको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘कौसीद’ ले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ समेटेको छ। कुमार भाष्कर निर्देशित फिल्ममा ऋचाका साथै भोलाराज सापकोटा र रुपेश दाहाल, परिक्षीत विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ।

केदार भुसाल निर्माता रहेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्। फिल्मको पटकथा भने निर्देशक भाष्करले नै तयार पारेका हुन्।

शोको संख्या हेर्दा ‘कौसीद’ भन्दा ‘परदेशी २’ को शोहरु बढी देखिन्छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका उपत्यकाका हलहरुमा परदेशी २ लाई १४ शो दिँदा कौसीदले भने ६ शो पाएको छ।