
काठमाडौं। गायक समीर श्रेष्ठले आफ्नो पछिल्लो गीत ‘तिमीले’मार्फत दर्शकको मन जितेका छन्।
गायक श्रेष्ठको ‘तिमीले’ गीतमा एक विशेष व्यक्तिसँग मोहित युवकको अकथित भावनाहरु सुन्दर ढंगले समेटिएको छ। श्रेष्ठको सुमधुर स्वर उनैले बजाएको गितारको धुनले पनि मनमोहक सुनिएको छ।
सन् २०२१ मा उनको पहिलो गीत ‘चार दिवार’ सार्वजनिक भएको थियो। जसलाई युट्युबमा १ करोड बढी भ्यूज मिलेको छ। त्यसपछि २०२२ मा रिलिज भएको ‘थाम न हात’ पनि उनको सफल गीत हो। जसले युट्युबमा २ करोड ८७ लाख बढी भ्यूज बटुलेको छ।
‘तिमीले’ले पनि रिलिज भएको १८ घण्टामै करिब डेढ लाख भ्यूज कमाइसकेको छ। आफ्नो संगीतलाई साँचो भावना र सान्दर्भिक कथाहरूले भर्ने समीरको क्षमतालाई फ्यानहरूलाई निकै मन पराउने गरेका छन्।