
काठमाडौं । दाङमा नयाँ मल्टिप्लेक्स हल खुल्ने भएको छ। विजय रावत र चेतन जङ्ग राणाको लगानी रहेको ‘भिएफएक्स सिनेमाज’ असोज २६ गतेबाट संचालनमा आउँदैछ।
हल संचालक विजय रावतले ठूलो संघर्षपछि २६ गतेबाट हल नियमित रुपमा संचालन आउन लागेको जानकारी दिए।
दाङको घोराही उपमहानगरपालिका नारायणपुरस्थित सौंडीकुलामा निर्माण गरिएको हलमा दुईवटा स्क्रिन रहेका छन्। ४१२ सिट क्षमताको हलको उद्घाटनमा प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’ प्रदर्शन गरिनेछ।
दुवै हलमा दर्शकले थ्री डी बाट फिल्म हेर्न समेत पाउने सुविधा छ।