
काठमाडौं। सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेका बेला मन्त्रीहरु भने निकै फुर्सदिला देखिएका छन्। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का काम नपाएर गीत सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।
उनी मंगलबार ‘रातो टीकी’ बोलको गीत सार्वजनिक गर्न सिंहदरबारबाट नयाँ बानेश्वर पुगेका हुन्। कार्यक्रममा उनले कलाकारहरु राष्ट्रको गौरव भएको बताए। गीत संगीतमार्फत कलाकारले सामाजिक चेतना फैलाउन ठूलो योगदान गरिरहेको उनको भनाइ छ।
केही समयअघि ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत कलाकारहरुको लगानीमा खुलेको रेष्टुरेन्ट उद्घाटनमा सहभागी भएका थिए। उद्घाटन, लोकार्पण, शिलान्यास जस्ता कार्यक्रममा अधिक समय दिएर मन्त्रीहरुले आफूहरु निकै फुर्सदमा रहेको र काम केही नरहेको सन्देश दिइरहेका छन्।