एनसेलले ल्यायो अलवेज अन डेटा, १०० रुपैयाँमा १ जीबी डेटा प्याक २८ दिनसम्मलाई

बिजमाण्डू
२०८० असोज १६ गते १४:४४ | Oct 3, 2023
एनसेलले ल्यायो अलवेज अन डेटा, १०० रुपैयाँमा १ जीबी डेटा प्याक २८ दिनसम्मलाई

काठमाडौं। एनसेलले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ। यो प्याक संचालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित एक सय रुपैयाँमा आफू जहाँ भएपनि लामो समयासीमाको मोबाइल डेटा पाउने छन्।

Tata
GBIME
NLIC

यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउने र त्यो २८ दिनसम्म मान्य रहने एनसेलले जनाएको छ। ग्राहकहरूले *१७१२३# डायल गरि प्राप्त जानकारी अनुसार यो प्याक सुचारु गर्न सक्ने बुझिएको छ।

यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपेको छ। ग्राहकले अब करसहित १९१ रुपैयाँमा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्राम चलाउने सक्ने एनसेलले जनाएको छ। ग्राहकले *१७१२३*५*६# डायल गरेर यो प्याक लिन सक्ने छन्।

त्यस्तै, करसहित ४५९ रुपैयाँमा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिनसम्म १.५ जीबी डेटा लिन सक्छन्। यसबाहेक यो प्याकमा ग्राहकले ८ जीबी अलटाइम प्याक पनि पाउँछन्। २८ दिनको समयसीमा रहेको यो प्याक *१७१२३*५*७# डायल गरेर लिन सक्ने एनसेलले जनाएको छ।

अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत पुग्ने विश्वास एनसेलले लिएको छ।