सिरहामा राजस्व छलेर भित्र्याइएको कपडा बरामद, ५० लाखको सामान छाडेर भागे तस्कर

बिजमाण्डू
२०८० असोज १४ गते ०६:३९ | Oct 1, 2023
सिरहामा राजस्व छलेर भित्र्याइएको कपडा बरामद, ५० लाखको सामान छाडेर भागे तस्कर


काठमाडौं । राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहाको माडर भन्सार नाका नजिकैबाट करिब ५० लाख बराबरको बेवारिसे कपडा बरामद गरेको छ।

Tata
GBIME

स्थानीय चन्द्रनारायण माध्यमिक विद्यायलको प्राङ्गणस्थित आँपको बगैँचामा थुपारिएको अवस्थामा उक्त कपडा फेला परेको थियो। विशेष सुराकीका आधारमा राजस्वका इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले कपडा नियन्त्रणमा लिएको हो।

दसैंमा बिक्री गर्ने उद्देश्यले भन्सार छली गरेर कपडा ल्याइएको हुनसक्ने आशंका प्रमुख आचार्यले बताए। साथै उनले राजस्वको टोली आउँदै गरेको चाल पाएपछि तस्करहरू सामान छाडेर भागेको हुनसक्ने बताए।

सर्टिङसुटिङका कपडा, सारी, तयारी पोशाकलगायतका सामान बरामद गरिएको हो।