अभिनेता अनमोल केसी पक्राउ, फिल्म खेल्न पैसा लिएर सुटिङमा नआएको आरोप

बिजमाण्डू
२०८० असोज १२ गते १८:०१ | Sep 29, 2023
अभिनेता अनमोल केसी पक्राउ, फिल्म खेल्न पैसा लिएर सुटिङमा नआएको आरोप

काठमाडौं। अभिनेता अनमोल केसी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले आज बनेपाबाट उनलाई पक्राउ गरेको हो।

Tata
GBIME

‘रावायण’ चलचित्रका निर्माताले प्रहरीमा उजुरी दिएपछि केसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

‘फिल्म खेल्ने भनेर पैसा लिएको तर सम्पर्कमा नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेका हौं,’ प्रहरी स्रोतले भन्यो।

सुदर्शन थापा निर्देशित ‘रावायण’मा अभिनय गर्न भनेर केसीले १० लाख रुपैयाँ लिएको खुलेको छ।