कुशल मल्ल बने टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी



बिजमाण्डू
२०८० असोज १० गते ०८:१४ | Sep 27, 2023
कुशल मल्ल बने टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी
तस्बिर : क्यान

काठमाडौं। कुशल मल्ल टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी बनेका छन्। चीनमा जारी एसियन गेम्स अन्तर्गत मंगोलियाविरुद्ध आक्रामक खेल प्रस्तुत गरेका उनी सर्वाधिक छिटो शतक बनाउने खेलाडी बनेका हुन्। उनले ३४ बलमा शतक पुरा गरेका हुन्।

Tata
GBIME
Zonsen

यसअघि छिटो शतक प्रहार गर्ने कीर्तिमान भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकका सुदेस विक्रमासेकाराको नाममा थियो। यी तीनै खेलाडीले ३५ बलमा शतक प्रहार गरेका थिए

मंगोलियाविरुद्ध नेपाली क्रिकेट टोली टस हारेर ब्याटिङमा उत्रिएको छ। मंगोलिया पहिलो पटक टी २० अन्तर्राष्ट्रिय खेल्न मैदान उत्रिएको छ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ र आशिफ शेखले १६ रन बनाए। १४ औँ ओभर चलिरहँदा क्रिजमा मल्ल र रोहित पौडेल छन्। मल्लले १९ बलमा अर्धशतक बनाएका थिए।

नेपालको प्लेइङ ११

आशिफ शेख, रोहित पौडेल,दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अभिनास बोहोरा, गुलसन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल मल्ल