सुवास नेम्वाङको अन्त्येष्टि भदौ २८ गते गरिने, बिहीबार सार्वजनिक बिदा

बिजमाण्डू
२०८० भदौ २६ गते १८:०६ | Sep 12, 2023
सुवास नेम्वाङको अन्त्येष्टि भदौ २८ गते गरिने, बिहीबार सार्वजनिक बिदा
ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा मङ्गलबार संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड। तस्विर : रासस


काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको अन्त्येष्टि भदौ २८ गते बिहीबार हुने भएको छ।

Tata
GBIME

एमालेले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्त्येष्टि बिहीबार गर्ने निर्णय गरेको हो। सरकारले उनको निधनमा अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। गृह मन्त्रालयले पनि बिहीबार नेम्वाङको अन्त्येष्टि गरिने भन्दै सो दिन सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा हुने जनाएको छ। सो दिन सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधार झुकाउने निर्णय पनि गरिएको छ।

बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको राजकीय सम्मान सहित अन्त्येष्टि गरिनेछ।

नेम्वाङका दुई छोरा हाल विदेशमा रहेको र भोलि बेलुकीसम्म उनीहरु स्वेदश आइपुग्ने पारिवारिक स्रोतले बताएको छ।

नेम्वाङको आज बिहान निधन भएको हो। उनको पार्थिव शरीरलाई आज त्रिवि शिक्षण अस्पतालबाट पार्टी कार्यालय च्यासलमा ल्याएर राखिएको थियो। त्यहाँ नेता कार्यकर्ताले नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।