एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गर्दै ४९ सदस्यले दर्ता गराए निवेदन

बिजमाण्डू
२०८० भदौ २५ गते १३:५९ | Sep 11, 2023
एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गर्दै ४९ सदस्यले दर्ता गराए निवेदन
अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गरिएको निवेदन बुझाउँदै एन्फाका सदस्यहरु। तस्वीर: पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको फेसबुक


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाज्ञ बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता भएको छ। नेम्वाङ र राईलाई बर्खास्त गर्नुपर्ने मागसहित एन्फाका ४९ सदस्यको हस्ताक्षरसहित सोमबार निवेदन दर्ता भएको हो।

Tata
GBIME

पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो फेसबुकमार्फत एन्फा अध्यक्ष र महासचिवलाई पदमुक्त गर्न माग गरिएको निवेदन दर्ता गराएको जानकारी दिएका छन्। ‘फुटबलको वैधानिकताका लागि अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गरिएको हो’, पूर्वअध्यक्ष शेर्पाले भने।

एन्फाले विशेष साधारण सभा अनलाइनमार्फत गर्ने निर्णय गरेपछि सदस्यहरु बिच्किन पुगेका हुन्। आइतबार अनलाइनमार्फत गर्ने भनिएको साधारण सभा बहुमत सदस्य अनुपस्थित भएपछि सोमबारसम्मका लागि स्थगित गरिएको थियो।

बहुमत सदस्यले अध्यक्ष र महासचिवलाई नै बर्खास्त गर्न माग गरेपछि सोमबार गर्ने भनिएको फेरि स्थगित हुन पुगेको छ।

निवेदनमा अध्यक्ष र महासचिवलाई हटाउने निर्णयका लागि विश्ष साधारण सभा बोलाउन माग गरिएको छ। एन्फाको विधानका ४० प्रतिशत सदस्यले लिखित रुपमा माग गरे कार्यसमितिले ३० दिनभित्र विशेष साधारण सभा बोलाउने व्यवस्था छ।

निवेदनमा अध्यक्ष नेम्वाङ र महासचिव राईमाथि नेपाली फुटबललाई धरासायी बनाउन उद्दत रहेको लगायत विभिन्न १९ आरोप लगाइएको छ। नेम्वाङ १४ महिनाअघि अध्यक्ष निर्वाचित भएका थिए। नेम्वाङ ४५ मत ल्याएर निर्वाचित हुँदा शेर्पा ६ मतले पारजित हुन पुगेका थिए।