होन्डाको नयाँ एसयुभी एलिभेट नेपाल आयो, सुरुवाती मूल्य ५६ लाख ३५ हजार रुपैयाँ

बिजमाण्डू
२०८० भदौ २५ गते ०९:४० | Sep 11, 2023
होन्डाको नयाँ एसयुभी एलिभेट नेपाल आयो, सुरुवाती मूल्य ५६ लाख ३५ हजार रुपैयाँ


काठमाडौं। होन्डा मोटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले फाइभ सिटर एसयुभी होन्डा एलिभेट नेपाली बजारमा सार्वजनिक गरेको छ।

Tata
GBIME

कम्पनीले सो गाडी ४ वटा भेरियन्टमा नेपाल ल्याएको हो। यसको मूल्य भेरियन्टअनुसार फरक छ। जसमा एमटीमा ४ भेरियन्टको मूल्य ५६ लाख ३५ हजारदेखि ७३ लाख ४४ हजार रुपैयाँसम्म छ। यस्तै सीभीटीमा ४ भेरियन्टको मूल्य ६५ लाख ७० हजारदेखि ७९ लाख ४४ हजार रुपैयाँसम्म तोकिएको छ।  

आधुनिक स्टाइल र  उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राइभिङ अनुभव दिने होन्डाले जनाएको छ।   

होन्डा एलिभेटको बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्ने कम्पनीले जनाएको छ। यस्तै गाडीको स्पेसियस इन्टेरियरले  यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ।

गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्यधिक सुरक्षा प्रदान गर्नेछ। एलिभेटमा सीभीटी अटोमेटिक र ६ स्पीड म्यानुअल गियरबक्स उपलब्ध छ।

यसैगरी यसमा रियर पार्किङ सेन्सर, मल्टी एङल रियर भ्यु क्यामरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामरा, आइएसओ फिक्स रियर सिटको साथमा ६ वटा एयरब्याग छन्। साथै एडास फिचरमा फ्रन्ट कोलीजन वार्निङ, ब्रेक असिस्ट, एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपाचर वार्निङ, लेन किप असिस्ट लगायतका विशेषता छन्।

यो गाडीमा २२० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स प्रदान गरिएको छ। एलिभेटले एसयुभीहरुका लागि नयाँ स्ट्यान्डर्ड सेट गरेको छ। होन्डा एलिभेटमा १.५ लिटर क्षमताको नेचुरल एस्पीरेटेड, फोर सिलिण्डर, आइभीटेक पेट्रोल इन्जिन छ। यो गाडीको इन्जिनले १२१ पीएस (लगभग ११९ हर्सपावर) को प्रभावशाली पावर आउटपुट प्रदान गर्छ।