नेपाल रिपब्लिक मिडियाको खुद नाफा १३ लाख २४ हजार रुपैयाँ, २६ करोडको कारोबार

बिजमाण्डू
२०८० भदौ २४ गते १०:२९ | Sep 10, 2023
नेपाल रिपब्लिक मिडियाको खुद नाफा १३ लाख २४ हजार रुपैयाँ, २६ करोडको कारोबार


काठमाडौं। नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्ष १३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। नागरिक दैनिक पत्रिका प्रकाशन गर्ने सो कम्पनी अघिल्लो वर्ष ४ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा थियो।

Tata
GBIME

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २६ करोडको कारोबार भएको छ। जुन अघिल्लो वर्षको तुलनामा २८.३८ प्रतिशतको वृद्धि हो। सो वर्ष २० करोड २६ लाखको कारोबार गरेको कम्पनीले जनाएको छ।

कुल कारोबारमा ८ करोड ३९ लाख रुपैयाँ उत्पादन लागत र दुई करोड १७ लाख बिक्री वितरणको खर्च देखाइएको छ। 

गत आर्थिक वर्ष कम्पनीले ५ करोड ९० लाख रुपैयाँ ब्याज भुक्तानी गरेको थियो। कम्पनीका अनुसार साढे दुई करोड दीर्घकालिन र २५ करोड ९३ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ।

९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेपाल रिपब्लिक मिडियाको अवितरित नाफा कोष ५० करोड ९५ लाख रुपैयाँ ऋणात्मक छ। प्रति सेयर आम्दानी ०.१४ रुपैयाँ र प्रति सेयर नेटवर्थ ८८.५३ रुपैयाँ रहेको कम्पनीले जनाएको हो।