इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

बिजमाण्डू
२०८० भदौ १७ गते १२:२५ | Sep 3, 2023
इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

काठमाडौं। इन्फिनिटी सेक्युरिटिज मार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ।

Tata
GBIME

सम्झौताले लगानीकर्ताहरुलाई  इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने इसेवाले जनाएको छ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटिजका चिफ अपरेटिङ अफिसर संगीता तिमल्सिना र  कम्प्लाएन्स अफिसर निता नेपालले हस्ताक्षर गरेका छन्।