‘गदर २’को कमाइ ५०० करोड नजिक, बन्यो धेरै कमाइ गर्ने तेस्रो फिल्म

बिजमाण्डू
२०८० भदौ ११ गते ०८:१३ | Aug 28, 2023
‘गदर २’को कमाइ ५०० करोड नजिक, बन्यो धेरै कमाइ गर्ने तेस्रो फिल्म

‘गदर २’ सन् २००१ को फिल्म ‘गदर: एक प्रेम कथा’को सिक्‍वेल हो। फिल्ममा सन्‍नी देवलले तारा सिंह र अमीशा पटेलले सकीनाको भूमिका निभाएका छन्।

Tata
GBIME

‘गदर २’ले रिलिज भएदेखि नै नयाँ रेकर्ड बनाउने र तोड्ने क्रम जारी राखेको छ। स्याकनिल्क डट कमका अनुसार रिलिज भएको १७औँ दिनमा फिल्मले १७ करोड भारु कमाएको छ। फिल्म बिस्तारै ५०० करोड क्लबतर्फ उन्मुख छ।

फिल्मले पहिलो हप्तामा २८४.६३ करोड भारु तथा दोस्रो हप्तामा १३४.४७ करोड भारु नेट कलेक्सन गरेको छ। तेस्रो हप्ताको आइतबार फिल्मले १७ करोड भारु नेट कमाइ गरेको हो। हालसम्म ‘गदर २’ले ४५६.९५ भारु कमाइ गरेको स्याकनिल्क डट कमले जनाएको छ।

शनिबार ‘गदर २’ धेरै कमाइ गर्ने तेस्रो फिल्म बनेको थियो।