
काठमाडौं । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा अहिले नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ। कुमार नगरकोटीको लेखन र घिमिरे युवराजको निर्देशन रहेको नाटकले जति तारिफ बटुल्दैछ, सेटले पनि थप चर्चामा छ ‘ट्रान्जिट’।
प्रकाश र ध्वनी मिश्रित सेटले दर्शकको ध्यान खिचिरहेको छ। काल्पनिक संसारको कथा देखाउने सेट जति भव्य छ, त्यति नै महँगो पनि। ‘ट्रान्जिट’को सेट निर्माणमै पाँच लाख रुपैयाँ खर्च गरिएको छ। निर्देशक घिमिरेका अनुसार, सबै गरेर ‘ट्रान्जिट’मा २० लाख खर्च भएको छ।
चार महिनाअघि मण्डला थिएटरमा अनुप बरालको निर्देशनमा नाटक ‘यौटा सपनाको अवसान’ मञ्चन भएको थियो। विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’ को नेपाली अनुवादले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पायो। त्यतिखेर डेढ महिना चलेको सो नाटकको सेटको पनि निकै प्रशंसा भएको थियो। अमृत कार्कीले निर्माण गरेको सेटले नाटक हेरिरहँदा दर्शकलाई घरको परिवेश नै महसुस गरायो। सो सेट बनाउन पनि पाँच लाख खर्च लागेको थियो।
कन्टेन्टसँग क्रिएसनमा लगानी
नेपालमा रंगमञ्चको सुरुवात खुला डबलीबाट भयो। सीमित स्रोतसाधनबीच नाटक देखाइए। समय क्रममा प्रविधिको विकासँगै रंगमञ्चको अवतार पनि फेरिएको छ। नाटक मञ्चन हुने पुराना थिएटर विस्थापित भएर अत्याधुनिक थिएटर खुलेका छन्। अहिले नाटक निर्माण गर्ने टिम ‘कन्टेन्ट’सँगै ‘क्रिएसन’ मा पनि ध्यान दिन थालेका छन्। जसले नाटकको लागत बढ्दो छ।
गत असार ८ देखि साउन १४ गतेसम्म मञ्चन भएको ‘हिउँभन्दा चिसो’मा कर्णालीको परिवेश देखाउनुपर्ने थियो। दर्शकलाई कर्णालीको परिवेशमा अनुभव गराउन १० दिन लगाएर सेट निर्माण गरियो।
अहिले नेपाली नाटक घरले ‘सिनोग्राफी’मा धेरै मिहिनेत गर्न थालेका छन्। नाटकीय प्रस्तुतिका लागि वातावरण र ‘मुड’ अनुसारको ध्वनी र परिवेश स्थापपि गर्न योगदान गर्ने सबै तत्व नाटकमा देखाउने प्रयास गरिरहेका छन्। सेटसहित प्रकाश, ध्वनी र पोशाक डिजाइन सिनोग्राफीभित्रकै हिस्सा हो, जसले नाटकलाई जीवन्त बनाउन ठूलो भूमिका खेल्छ। त्यसैले रंगकर्मीहरु अहिले नाटकको सेटअपमा लगानी गर्न तयार भइरहेका छन्।
शिल्पी थिएटरका निर्देशक घिमिरे पनि नाटकको सेटमा राम्रै खर्च लाग्ने बताउँछन्। काल्पनिक संसार देखाउनु पर्ने भएर ‘ट्रान्जिट’को सेट खर्चिलो भएको उनको भनाइ छ।

निर्देशक सोमनाथ खनाल नाटकलाई ‘रियालिस्टिक’ बनाउन दुई लाख खर्च गरेर सेट तयार पार्न लगाएको सुनाउँछन्। ‘हिउँभन्दा चिसो’ मञ्चन हुने सेट तयार गर्न दुई लाख रुपैयाँ लागेको थियो। त्यो पनि मैलै सस्तोमा गरेको हुँ। केही मण्डलामै भएका सामान प्रयोग गरें। सेटसहित साउण्ड, लाइट, म्युजिक र प्रप्समा भने ५ लाख खर्च आएको थियो,’ उनले भने।
नाटकको गुणस्तर ‘मेन्टेन’ गर्न पनि सेटमा खर्च गर्नुपर्ने उनको तर्क छ। ‘नाटकमा कन्टेन्ट नै बलियो हुनुपर्छ। तर मञ्चमा कन्टेन्टले मागेअनुसारको क्रिएसन पनि दर्शकसामु प्रस्तुत गर्नुपर्छ’, खनाल भन्छन्।
शिल्पी थिएटरका निर्देशक घिमिरे पनि नाटकको सेटमा राम्रै खर्च लाग्ने बताउँछन्। काल्पनिक संसार देखाउनु पर्ने भएर ‘ट्रान्जिट’को सेट खर्चिलो भएको उनको भनाइ छ।
‘ट्रान्जिट विसंगतवादी(अब्सर्ड) नाटक हो। सेटमा हामीले अत्यधिक लाइटिङको प्रयोग गरेका छौं। बेला बेला छायाँबाट पनि कथा देखाएका छौं। काल्पनिक संसार सिर्जना गर्दा प्रपदेखि लाइट धेरै चाहिँदो रहेछ। नाटकको मागअनुसार गर्न खोज्दा खर्च धेरै भएको हो।’
गतवर्ष हिउँको पृथ्वी यात्रा र विमोक्षको सेट निर्माणमा पनि पाँच/पाँच लाख खर्च भएको थियो। ‘हिउँको पृथ्वी यात्रामा नदी र समुन्द्र देखाउन एकदमै कपडा प्रयोग भएको थियो। कपडा किन्न मात्रै ६० हजार खर्च भएको थियो,’ उनले भने।
कौशी थिएटरकी सञ्चालक एवम् रंगकर्मी आकांक्षा कार्की सेटको खर्च नाटकअनुसार फरक हुने बताउँछिन्। भन्छिन्, ‘सेटमा लाग्ने खर्च नाटकले के डिमाण्ड गरेको छ भन्नेमा भर पर्छ। कौशीकै नाटक ‘हरेक बबाल कुरा’को सेट बनाउन १० हजार खर्च भएको थियो। त्यस्तै ‘धुमधामको घुमघाम’को सेटमा लगभग ४/५ लाख खर्च भएको थियो। सेटको खर्च नाटकअनुसार फरक हुन्छ।’
‘विम्वाको सपना’को सेट बनाउँदा दुई लाख र ‘भोको घर’को सेटमा डेढ लाख खर्च लागेको थियो। नाटक ‘शिरीषको फूल’मा रुख प्रयोग गरेका थियौं। जसको पातमा मात्रै ५ हजार खर्च भएको थियो।

रंगकर्मी केदार श्रेष्ठ नाटकको सेटमा कम खर्च गर्ने कोसिस गर्छन्। त्यसका लागि उनी सस्तो सामान किन्नेदेखि पुराना सामग्री पुन: प्रयोग गर्न रुचाउँछन्।
तर नाटकलाई बलियो बनाउन सेटको ठूलो भूमिका हुनेमा उनको दुईमत छैन। श्रेष्ठ भन्छन्, ‘नाटकमा सेट महत्त्वपूर्ण कुरा हो। मञ्चले परिवेश निर्माण गर्छ। जुन कथाका लागि निकै जरुरी छ। प्रायजसो रियालिस्टिक बनाउँदा सेट सजाउनुपर्छ। त्यतिखेर नै नाटक ‘विम्वाको सपना’को सेट बनाउँदा दुई लाख र ‘भोको घर’को सेटमा डेढ लाख खर्च लागेको थियो। नाटक ‘शिरीषको फूल’मा रुख प्रयोग गरेका थियौं। जसको पातमा मात्रै ५ हजार खर्च भएको थियो। आफूसँग भएको सामान प्रयोग गर्दा पनि सेटमा डेढ लाख खर्च भएको थियो।’
लगानी उठाउनै सकस
निर्देशकहरुका अनुसार, सामान्यतया एउटा नाटकमा १२ देखि १५ लाखसम्म खर्च हुन्छ। अहिले काठमाडौंमा नयाँ र पुराना गरेर झण्डै एक दर्जन थिएटर सञ्चालनमा छन्। लाखौं खर्च गरेर महिनैपिच्छे थिएटरमा नाटकको तयारी हुन्छ। तर एक महिना बढी नाटक मञ्चन हुँदा पनि कैयौंलाई लगानी उठाउनै सकस पर्छ।
काठमाडौंका सञ्चालित अधिकांश थिएटरको सिट क्षमता १०० देखि २०० सम्मको छ। उनीहरुले टिकट शुल्क ३०० देखि ५०० सम्म राख्छन्। शनिबार दर्शकको चाप बढ्दा दुई शोसम्म राखिएपनि सामान्यतया दैनिक एउटा मात्रै नाटक मञ्चन गरिन्छ। शो हाउसफूल भएको खण्डमा नाटकले एक दिनमा कमाउने ४० देखि ७० हजारसम्म हो। तर दर्शक फाट्टफुट्ट मात्र आउँदा कमाइ निकै कम हुने भएकाले निर्माण टिमलाई घाटा हुन्छ।
कहिलेकाहिं एकै समयमा धेरै थिएटरमा नाटक मञ्चन हुन्छ। त्यसो हुँदा दर्शक बाँडिन्छन्। सेट निर्माणको खर्च त छँदैछ, एउटा शोको भाडा थिएटरलाई १० देखि १५ हजार हजार रुपैयाँ तिर्नुपर्छ। त्यसैले धेरैले लगानी उठाउन सकिरहेका छैनन्।
गुरुकुल थिएटरका सञ्चालक तथा रंगकर्मी सुनील पोखरेल आफ्नै स्रोत प्रयोग गरे पनि नाटकबाट फाइदा कमाउन निकै गाह्रो रहेको बताउँछन्। ‘नाटकमा हामी आफैँसँग भएको सामान प्रयोग गर्छौं। विद्यार्थीले अभिनय गर्छन्। तैपनि एउटा नाटकमा ४/५ लाख लागिहाल्छ। धेरैजसो नाटकमा खर्च नै उठ्दैन।’
धेरैजसो नाटकले लगानी उठाउन नसक्दा धेरै रकम खर्च गरिएका कतिपय नाटक फाइदा निकाल्न सफल भएका उदाहरण पनि छन्। ‘विमोक्ष’, ‘हिउँको पृथ्वीयात्रा’, ‘एनिमल फार्म’, ‘खुवालुङ’, ‘मकैको अर्कै खेती’, ‘पल्पसा क्याफे’ लगायत केही नाटक त्यस्तो सूचीमा पर्छन्।

नाटक ‘हिउँभन्दा चिसो’ तयार पार्न १४ लाख ७० हजार खर्च लागेको थियो। नाटकले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पनि पायो। तर नाटकले लगानी उठाउन सकेन। एक महिना मञ्चन भएको नाटकले १३ लाख ४० हजार रुपैयाँ ‘कलेक्सन’ गरेको निर्देशक खनालले बताए।
‘हामीले नाटकको गुणस्तर कायम गर्न राम्रै पैसा खर्च गरेका थियौं। सबै जोडेर साढे १४ लाखभन्दा बढी खर्च भयो। लगानी उठ्छ भन्ने आशा थियो। तर मार्केटिङ गर्न नसक्दा सोचेजस्तो भएन,’ उनले भने।
रंगकर्मी श्रेष्ठ पनि धेरै नाटकले लगानी उठाउन सक्ने अवस्था नरहेको बताउँछन्। उनी भन्छन्, ‘शिरीषको फूलमा थोरै गर्दा पनि पाँच लाख खर्च भएको थियो। तर लगानीको आधा पैसा पनि उठेन। धेरै चलेको भनेकै नाटकले समेत घाटा बेहोरिरहेको अवस्था छ।’
राम्रो नाटकले कमाउँछ फाइदा!
थिएटरहरु सबै दिन हाउसफूल हुँदैनन्। त्यसमाथि कथावस्तुले पनि दर्शकलाई आकर्षित गर्ने/नगर्ने निधो गर्छ। दर्शकको आकर्षण कलाकार, दर्शक र थिएटरको नाममा पनि भर पर्छ। धेरैजसो नाटकले लगानी उठाउन नसक्दा धेरै रकम खर्च गरिएका कतिपय नाटक फाइदा निकाल्न सफल भएका उदाहरण पनि छन्। ‘विमोक्ष’, ‘हिउँको पृथ्वीयात्रा’, ‘एनिमल फार्म’, ‘खुवालुङ’, ‘मकैको अर्कै खेती’, ‘पल्पसा क्याफे’ लगायत केही नाटक त्यस्तो सूचीमा पर्छन्।
निर्देशक घिमिरे युवराज भन्छन्, ‘विमोक्षमा १४ लाख खर्च लाग्दा साढे १४ लाख कलेक्सन भएको थियो। त्यस्तै, ११ लाखमा बनेको ‘हिउँको पृथ्वीयात्रा’ले १२ लाख कमायो। नाटकको क्वालिटीलाई ध्यान दिएर सबै शो हाउसफूल गराउन सके नाफा हुन्छ।’
किराँत समुदायको इतिहासमा आधारित ‘खुवालुङ’ पनि निकै सफल भयो। यो नाटक हेर्न पूर्वी नेपालदेखि दार्जिलिङसम्मका दर्शक मण्डला पुगेका थिए। नाटकले ४५ लाख रुपैयाँ उठाएको नाटकका निर्देशक किरण चाम्लिङ राईले बताए।

कौशी थिएटरमा मञ्चन गरिएको ‘एनिमल फार्म’ ले अझ राम्रो फाइदा कमाएको थियो। ‘हाम्रोमा राम्ररी चलेको भनेको एनिमल फार्म हो। जसमा ५/६ लाख खर्च हुँदा ८/९ लाख कलेक्सन भएको थियो। कोरोनाअघि मञ्चन भएको प्राइभेट इज पोलिटिकलले पनि राम्रै कमाई गर्यो। त्यसपछि हरेक बबाल कुरामा चाहिं हामी सरप्राइज भएका थियौँ। थोरै खर्च लागेको यस नाटक हेर्न पनि दर्शकहरु आउनु भएको थियो’, थिएटर सञ्चालक कार्की भन्छिन्।
गत वर्ष मञ्चन भएको किराँत समुदायको इतिहासमा आधारित ‘खुवालुङ’ पनि निकै सफल भयो। यो नाटक हेर्न पूर्वी नेपालदेखि दार्जिलिङसम्मका दर्शक मण्डला पुगेका थिए। नाटकले ४५ लाख रुपैयाँ उठाएको नाटकका निर्देशक किरण चाम्लिङ राईले बताए।
‘खुवालुङमा सबै जोडेर १८ लाख खर्च भएको थियो। सांस्कृतिक र राजनीतिक मुद्धा भएकाले किराँतीबाहेकले पनि नाटक मन पराउनुभयो। हामीले बक्सअफिसमा २९ लाख कलेक्सन गर्न सक्यौँ। आफ्नो संस्कृतिको नाटक भएकाले कतिपयले सहयोग गर्नुभयो। सहयोग रकम जोडेर ४५ लाख उठाउन सक्यौं।’
नेपालमा रंगमञ्चको सुरुवात भएको धेरै भए पनि यो अझै व्यावसायिकरुपमा स्थापित हुन सकेको छैन। थिएटर एक दर्जन खोलिए पनि नाफा भने कमैले मात्र कमाउन सकेका छन्।

त्यस्तै, विमल सुवेदी निर्देशनमा तयार भएको ‘मकैको अर्कै खेती’ र ‘पल्पसा क्याफे’ ले पनि नाफा उठाउन सके। ‘हाम्रो चलेको भनेको दुई वटा नाटक हो। अरु नाटक गर्दा कहिल्यै नाफा भएको थिएन। भुकम्पपछि मञ्चन भएको मकैको अर्कै खेतीले १४ लाख उठाएको थियो। जुन ७ लाखमा बनेको थियो। २० लाखमा बनेको पल्पसा क्याफेले पनि २४ लाख कमाएको थियो,’ उनले भने।
पहिलेको तुलनामा अहिले नाटक महँगो हुँदै गएकाले उनी लगानी उठाउन पनि निकै कठिन देख्छन्।
टिक्ने आधार के?
नेपालमा रंगमञ्चको सुरुवात भएको धेरै भए पनि यो अझै व्यावसायिकरुपमा स्थापित हुन सकेको छैन। थिएटर एक दर्जन खोलिए पनि नाफा भने कमैले मात्र कमाउन सकेका छन्।
फिल्म निर्माणमा विभिन्न कम्पनी प्रायोजकको रुपमा जोडिएका हुन्छन्। ‘तर नाटकमा भने स्पोन्सर पाउनै गाह्रो छ’, रंगकर्मी श्रेष्ठ भन्छन्, ‘हामी साथीभाइ मिलेर नै नाटक बनाइरहेका हुन्छौं। केहीले बल्लबल्ल १०/१५ हजार रुपैयाँमा पोस्टर छापिदिन सहयोग गरिदिन्छन् त्यत्ति हो।’
रंगकर्मीले फाइदा नहेर्ने भएका कारण अहिलेसम्म थिएटर टिकिरहेको उनको भनाइ छ। ‘प्यासनले गर्दा नै रंगमञ्च टिकेको छ। घाटा खाए पनि हामी नाटकप्रतिको लगाव, इच्छा र कलाप्रतिको मोहले नाटक गरिरहेका हुन्छौं,’ श्रेष्ठले भने।
‘यो काम सन्तुष्टिका लागि हो। त्यसकारण पनि थिएटर चलिरहेको जस्तो लाग्छ। नाटक गरेर नै पैसा कमाउने र गाडी जोड्छु भन्ने हुँदैन’, उनी भन्छिन्, ‘स्पोन्सरका लागि धेरै प्रपोजल पठाउँदा पनि सहयोग मिलिरहेको हुँदैन। कन्सर्ट र मन्दिर बनाउँदा कर्पोरेट हाउस ओलिन्छन्। तर नाटकलाई दिँदैनन्।’

कौशिको कार्कीले पनि सन्तुष्टिका लागि नाटक गरिरहेको बताइन्। ‘यो काम सन्तुष्टिका लागि हो। त्यसकारण पनि थिएटर चलिरहेको जस्तो लाग्छ। नाटक गरेर नै पैसा कमाउने र गाडी जोड्छु भन्ने हुँदैन’, उनी भन्छिन्, ‘साथीभाइबाट सहयोग मागेर नाटक गरिरहेका हुन्छौं। अन्य कामहरु पनि गर्छौं। स्पोन्सरका लागि धेरै प्रपोजल पठाउँदा पनि सहयोग मिलिरहेको हुँदैन। कन्सर्ट र मन्दिर बनाउँदा कर्पोरेट हाउस ओलिन्छन्। तर नाटकलाई दिँदैनन्।’
घिमिरेको नाटक ‘ट्रान्जिट’मा भने ल्याटिडो नेपालले ‘कस्ट्युम’ उपलब्ध गराएको छ। साथै नाटकको ब्रुसर बुकहिलले छापिदियो। त्यसबाहेक नाटकमा पैसा नै लगानी गर्ने स्पोन्सरहरु भेटाउन मुस्किल रहेको घिमिरे बताउँछन्।
स्पोन्सर नपाइने र दर्शकलाई टिकट बेचेर लगानी उठाउनै गाह्रो रहेकाले कलाकारले सहजै पारिश्रमिक पाउँदैनन्।

रंगमञ्चमा टिक्नका आफू विभिन्न प्रोजेक्टमा जोडिएको उनले सुनाए। ‘नाटक वर्षभरि गर्न सकिँदैन। हामी विभिन्न संस्थाको प्रोजेक्टमा काम गर्छौं। नाटकसम्बन्धी कोर्स र तालीम सञ्चालन गर्छौं। त्यसबाट पैसा आउँछ। तर यति गर्दा पनि रंगकर्मीको जीवन धान्न गाह्रो छ। अहिलेसम्म इच्छाशक्तिले यहाँसम्म आइपुगेका छौं। कहिलेसम्म गर्न सकिन्छ भन्ने चाँहि निश्चित छैन,’ उनले भने।
स्पोन्सर नपाइने र दर्शकलाई टिकट बेचेर लगानी उठाउनै गाह्रो रहेकाले कलाकारले सहजै पारिश्रमिक पाउँदैनन्। ‘एकातिर पारिश्रमिकमा कम्प्रोमाइज गर्नुपर्ने अवस्था छ भने अर्कातिर भनेको पारिश्रमिक पाउन पनि दुई/तीन महिना कुर्नुपर्छ’, कार्की भन्छिन्।